सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अत्यावश्यक नपरी यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको अनुरोध


  •    न्युजभित्तो/१५ माघ २०८२, बुधबार १५:३२ 
  • रुकुम पूर्व, १४ माघ । जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले नागरिकलाई अत्यावश्यक नपरी यात्रा नगर्न अनुरोध गरेको छ । गएरातिदेखी जिल्लाका हिमाली तथा उच्च लेकाली क्षेत्रमा भारी हिमपात र तल्लो क्षेत्रमा वर्षा भइरहेकाले जिल्लावासीलाई अत्यावश्यक काम नपरी यात्रा नगर्न र यात्रा गर्नै परे उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो ।

    जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै हिमाली तथा उच्च लेकाली क्षेत्रमा भारी हिमपात र तल्लो क्षेत्रमा वर्षा भइरहेको जनाउँदै विपद्को जोखिम हुनसक्ने भएकाले उच्च सर्तकता अपनाउयन अनुरोध गरेको हो । भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । सोही कारणले सयौँ यात्रु अलपत्र परेका छन् भने कतिपय हिउँमा फसेका छन् । 

    यातायात व्यवासायीलाई पनि मौसम पूर्वानुमान गरेर मात्र यातायातका साधन सञ्चालन गर्न भनिएको सहायक प्रमुख जिल्ला अधिकारी समिर गौतमले बताउनुभयो । हिउँ खेल्न आउने तथा हिमाल आरोहण र पदयात्रा गर्ने पर्यटकलाई पनि उच्च सतर्कता अपनाउन अनुरोध गरिएको उहाँले उल्लेख गर्नुभयो ।

    यस वर्षको यो दोस्रो हिमपात हो । हिमपातले रुकुमपूर्व र बागलुङ सिमाना पातिहाल्ना क्षेत्रमा सडक तीन फिट ढाकेको छ । काठमाडौँबाट रुकुमपूर्वसहित रुकुम पश्चिम र डोल्पाका लागि छुटेका बस हिउँमा फसेका छन् । 

    गएरातिदेखि हिउँमा फस्दा चिसो र भोकले समस्यामा परेको काठमाडौँबाट रुकुम पश्चिम जान लाग्नुभएका यात्रु किरण शर्माले बताउनुभयो । उहाँका अनुसार वरपर पनि होटेल नभएकाले बसबाट झरेर एक घण्टा पैदल हिँडी सिमाना पातिहाल्नामा पुगेर चाउचाउ÷बिस्कुट किनेर खाने बाध्यता छ । सबै यात्रु सिमानामा पुग्न सक्ने स्थिति पनि नभएको उहाँले बताउनुभयो । 

    अवरुद्ध सडक सञ्चालन गर्नका लागि बागलुङका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर रुकुम पूर्वतर्फबाट हिउँ पन्छाउने काम सुरु गरिएको रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.