सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नागेश्वर मन्दिर क्षेत्रको प्रहरी बिट हटाउँदा पुरातात्विक सम्पदाको सुरक्षा जोखिममा


  •    न्युजभित्तो/१५ माघ २०८२, बुधबार १२:४१ 
  • काठमाडौँ, १४ माघ । कागेश्वरी मनोहरा नगरपालिका–९ मा पर्ने नागेश्वर महादेव मन्दिर क्षेत्रको सुरक्षाका लागि विसं २०६४ देखि स्थापना गरिएको प्रहरी बिट हटाइँदा यस क्षेत्रमा असुरक्षा बढ्नुका साथै धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका सम्पदा पनि असुरक्षित भएका छन् । 

    जेनजी आन्दोलनका क्रममा काँडाघारी चौकी जलेपछि पुनर्निर्माण नभएसम्म नागेश्वर प्रहरी बिटमा चौकी स्थानान्तरण गरिएको थियो । जेनजी आन्दोलनका क्रममा कागेश्वरी मनोहरा–७ मा रहेको प्रहरी प्रभागमा क्षति भए पनि नागेश्वर मन्दिर क्षेत्रमा रहेको बिट भने सुरक्षित थियो । 

    अहिले उक्त प्रहरी बिट हटाएपछि प्राचीन मन्दिरको बहुमूल्य कला, वस्तुहरूको सुरक्षामा चुनौती देखिएको नागेश्वर वाणेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशगम्भीरसिंह रायमाझीले गुनासो गर्नुभयो । नागेश्वर मन्दिर परिसरको प्रहरी बिट हटाइँदा यस क्षेत्रमा चोरी, डकैती दुव्र्यसनीको समस्या बढ्नसक्ने भन्दै स्थानीयवासी चिन्तित भएका पनि उहाँले बताउनुभयो । 

    जेनजी आन्दोलनका क्रममा विभिन्न जेलबाट भागेका कैदीबन्दी अझै नफर्किएका र लुटिएका हतियार फिर्ता नभएको अवस्थामा प्रहरी बिट हटाउँदा स्थानीयवासी चिन्तित भएका फुल्चोकी सेवा समाजका अध्यक्ष दीपक केसीले बताउनुभयो । नागेश्वर मन्दिर प्रहरी बिटले ‘टाउनप्लानिङ’ ९आवास क्षेत्र० मा शान्ति सुरक्षा महसुस भएको थियो । 

    जेनजी आन्दोलनपछि प्राचीन मन्दिरहरूमा चोरी पनि बढेकाले प्रहरी बिट पुनःस्थापना गर्न स्थानीयवासीले माग गरेका छन् । घना र अव्यवस्थित बस्ती भएकाले सुरक्षाका लागि बिट आवश्यक पर्ने समाजका अध्यक्ष केसीले उल्लेख गर्नुभयो । नागेश्वर मन्दिर समितिका अध्यक्ष रायमाझीको नेतृत्वमा यस क्षेत्रमा शान्ति सुव्यवस्था कायम गराउने उद्देश्यले प्रहरी प्रभाग स्थापना भएको थियो । 

    यहाँ प्राचीन सम्पदाका रूपमा नागेश्वर मन्दिरको स्थापना भएपछि त्यसको सुरक्षाका लागि पुरातत्व विभागको समन्वयमा प्रहरी प्रभाग स्थापना गरिएको रायमाझीले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरमा सोमबार, शनिबार तथा विभिन्न पर्वका अवसरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

    त्रिभुवन विमानस्थलको धावनमार्गमा परेर हटाइएको नागेश्वर मन्दिरलाई पछि गोठाटारमा स्थापना गरिएको हो । अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले सुरक्षाको दृष्टिले मन्दिर हटाउन लगाएपछि हटाइएको जनाइएको छ । गौचरणमा रहेको नागेश्वर मन्दिर २४ रोपनी क्षेत्रफलमा फैलिएको थियो । 

    शिवालय ढुङ्गे धारा, गौचरणलगायत धार्मिक महत्त्वका सम्पदा यस क्षेत्रमा रहेका मन्दिर समितिका अध्यक्ष रायमाझीले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका पीपल र खरीका रुख अहिले पनि धावनमार्गमै छन् । दश नम्बर ढोकाभित्र यहाँ कागेश्वर शिव शिवलिङ्ग छ । कागेश्वर शिव लिङ्गलाई नेपाली सेनाले संरक्षण र पूजाआजा गरिरहेको उहाँले जानकारी दिनुभयो ।

    नागेश्वर मन्दिर सिनामङ्गलमा विसं १८८१ मा सरदार बाक्सिङ रायले स्थापना गर्नुभएको थियो । “यो नागेश्वर मन्दिरमा नित्य पूजाका साथै शिव पूजाको प्रबन्ध गरिएको थियो । यहाँ ठूलो धर्मशाला थियो । पाठशाला पनि स्थापना गरिएको थियो । मन्दिर क्षेत्रको ढुङ्गेधाराबाट सिँचाइ हुन्थ्यो । गौचरणमा गाई चराइन्थ्यो । यो मन्दिर स्थापनाकालीन लालमोहर र शिलापत्र सबै सुरक्षित छ”, अध्यक्ष रायमाझीले भन्नुभयो ।

    अहिले मन्दिर स्थानान्तरण गरिएको स्थानमा पुरातात्विक सम्पदा र मन्दिरका स्थापनाकालीन लालमोहर र शिलापत्र सुरक्षित राखिएका छन् । स्थानान्तरण गर्नुअघि पशुपति क्षेत्रमा पर्ने यो मन्दिर अहिले केही पर परेको छ । अहिले पशुपति क्षेत्र विकास कोषले यसको रेखदेख र संरक्षणमा ध्यान नदिएको स्थानीयवासीको गुनासो छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.