सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बालबालिकालाई चुनावी प्रचारमा प्रयोग गरिएकामा ध्यानाकर्षण


  •    न्युजभित्तो/१४ माघ २०८२, मंगलवार १६:५९ 
  • काठमाडौँ, १३ माघ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले निर्वाचन आचारसंहिता विपरीत बालबालिकालाई चुनावी प्रचारप्रसारमा प्रयोग गरिएका क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता सकिएसँगै बालबालिकालाई जुलुसमा सहभागी गराइएको, राजनीतिक दलको चुवान चिन्ह र उम्मेदवारको तस्वीर भएको टिसर्ट लगाई प्रयोग गरिएको, पार्टी कार्यालय र सम्पर्क कार्यालयमा विद्यालय पोशाकमै बालबालिकाको उपस्थित गराइएको, दलगत प्रचारप्रसारका लागि झण्डा बोकाई बालबालिकाको प्रयोग गरिएको समाचार आएको भन्दै सो अभियानले आपत्ति जनाएको हो । आचारसंहिताको प्रभावकारी अनुगमन र कारवाहीका लागि सिजपले निर्वाचन आयोगलाई आग्रह पनि गरेको छ ।

    सो अभियानका अध्यक्ष तिलोत्तम पौडेलले ‘बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन्’ भन्ने मान्यतालाई चुनौती दिँदै कानुन विपरीत हुने गरी गरिएका यस्ता क्रियाकलाप विरोध गर्दै बालबालिकाको दलगत प्रयोग बन्द गर्न तथा बालबालिका र विद्यालयलाई शान्तिक्षेत्रका रूपमा विकास गर्न आग्रह गर्नुभयो ।

    बालबालिकासम्बन्धी ऐन, २०७५ र विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ को विरुद्ध हुने गरी गरिएका यस्ता क्रियाकलापले बालबालिकाको मनोभावना, उनीहरूको सुरक्षाका साथै विद्यालयको शैक्षिक कार्यक्रममा प्रत्यक्ष असर पार्नुका अतिरिक्त बालबालिकाको भविष्य तथा सिङ्गो समाजलाई दूरगामी रूपमा नकारात्मक असर पर्ने पौडेलको भनाइ रहेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.