सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘मिस्टर कोशी’ शारीरिक सुगठन प्रतियोगिता सञ्चालन गरिने


  •    न्युजभित्तो/१४ माघ २०८२, मंगलवार १६:४६ 
  • धरान (सुनसरी), १३ माघ । धरानमा सातौँ ‘मिस्टर कोशी प्रदेश–२०८२’ खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ ।

    शारीरिक सुगठन खेलको विकास तथा विस्तार गर्नाका साथै प्रतिभाशाली खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्ने र खेलाडीको आर्थिक सशक्तिकरणमार्फत स्वस्थ नागरिक निर्माणमा योगदान पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । एलाइनेट जिम धरानद्वारा आयोजित प्रतियोगिता आगामी चैत २७ र २८ गते धरान उपमहानगरपालिका–८ स्थित सभागृह भवनमा सञ्चालन गरिने जनाइएको छ । 

    प्रतियोगिताको पहिलो दिन ‘प्रिजजिङ’ सञ्चालन गरिनेछ । उक्त चरणमा प्रत्येक तौल समूहबाट ६–६ जना खेलाडी छनोट गरिनेछ । विभिन्न तौल समूहबाट छनोट भएका कुल ३० जना खेलाडी फाइनल चरणमा सहभागी हुने एलाइनेट जिम धरानका अध्यक्ष विक्रम लिम्बूले जानकारी दिनुभयो ।

    फाइनल चरणमा प्रत्येक तौल समूहमा प्रतिस्पर्धा गराई प्रथमदेखि छैटौँ स्थानसम्मका खेलाडी निर्धारण गरिनेछ । प्रत्येक तौल समूहका प्रथम स्थान प्राप्त खेलाडी मात्र ‘ओभरअल’ चरणमा सहभागी हुनेछन् । ओभरअल चरणमा प्रवेश गरेका ६ जना खेलाडीबीच पुनः प्रतिस्पर्धा गराई प्रथमदेखि छैटौँ स्थानसम्म निर्धारण गरिने जनाइएको छ । ओभरअल चरणमा प्रथम हुने खेलाडीलाई ‘सातौँ मिस्टर कोशी प्रदेश–२०८२’ घोषित गरिने अध्यक्ष लिम्बूले बताउनुभयो ।

    प्रतियोगितामा ५५, ६०, ६५, ७०, तथा ७५ केजी वजन समूह समावेश गरिएको छ । प्रत्येक तौल समूहमा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

    ओभरअल समूहअन्तर्गत प्रथम हुने खेलाडीलाई नगद रु एक लाख २५ हजार, दोस्रो हुनेलाई रु ५० हजार, तेस्रो हुनेलाई रु ४० हजार, चौथो हुनेलाई रु ३० हजार, पाँचौँ हुनेलाई रु २५ हजार र छैटौँ हुनेलाई रु। २० हजार नगद पुरस्कार प्रदान गरिनेछ । यसैगरी बेस्ट पोजर, मस्कुलर म्यान, मोस्ट इम्प्रुभ र बेस्ट टिम विधाका विजेतालाई जनही रु पाँच हजार नगदसहित ट्रफी र मेडल प्रदान गरिने अध्यक्ष लिम्बूले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.