सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाल्पामा छ महिनामा थपिए सात कुष्ठरोगी


  •    न्युजभित्तो/१४ माघ २०८२, मंगलवार १३:१७ 
  • तानसेन (पाल्पा), १३ माघ । पछिल्लो छ महिनामा पाल्पामा सात जना नयाँ कुष्ठरोगी फेला परेका छन् । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सात जना नयाँ कुष्ठरोगी भेटिएका हुन् । 

    सबैभन्दा बढी रामपुर नगरपालिका दुई र निस्दी गाउँपालिकामा दुई जना कुष्ठरोगी रहेका उहाँले जानकारी दिनुभयो । पूर्वखोला गाउँपालिका, बगनासकाली गाउँपालिका, तिनाउ गाउँपालिकामा एकरएक जना कुष्ठरोगी रहेका उहाँले बताउनुभयो ।

    जिल्ला अस्पताल पाल्पा, रामपुर अस्पताल र अन्य स्वास्थ्य संस्थामा बिरामीको उपचार भइरहेको छ । रम्भा गाउँपालिका, तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका र माथागढी गाउँपालिकामा भने कुष्ठरोगी नरहेका निमित्त प्रमुख पोखरेलले बताउनुभयो । नयाँ सात बिरामी फेला परेसँगै चालु आवको पुस मसान्तसम्ममा कुष्ठरोगीको सङ्ख्या १७ पुगेको उहाँले जानकारी दिनुभयो ।

    ७३औँ कुष्ठरोग दिवसका अवसरमा स्वास्थ्य कार्यालय पाल्पाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कार्यालयका निमित्त प्रमुख पोखरेलले रोगको अवस्थाबारे जानकारी गराउँदै अहिले रहेका १७ मध्ये १० पुरुष र सात जना महिला रहेका उल्लेख गर्नुभयो । बिरामी सबैको उपचार भइरहेको छ । 

    गत आवमा पाल्पामा २१ कुष्ठरोगी फेला परेका थिए । सोही अवधिमा १८ जना नयाँ बिरामी थपिएका हुन् । उक्त आर्थिक वर्ष सबैभन्दा बढी रामपुर नगरपालिकामा पाँच जनामा कुष्ठरोग देखिएको पोखरेलले बताउनुभयो । उहाँका अनुसार पूर्वखोला गाउँपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकामा एकरएक जना, तानसेन नगरपालिकामा तीन जना, तिनाउ गाउँपालिका, निस्दी गाउँपालिकामा चाररचार जना र माथागढी गाउँपालिकामा दुई जना कुष्ठरोगी भेटिएका थिए । 

    सरकारले १६ वर्षअघि नेपालमा कुष्ठरोग निवारण घोषणा गरे पनि पाल्पासहित कपिय जिल्लामा अझै पनि कुष्ठरोगी छन् । विगतको तुलनामा कुष्ठरोगीको सङ्ख्यामा केही कमी भने आएको पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “पाल्पा अहिले कुष्ठरोग निवारणको चरणमा छ । यहाँ कुष्ठरोग अन्त्य पनि भएको छैन तर विकराल समस्याका रूपमा पनि छैन ।” अहिले पनि ग्रामीण क्षेत्रमा कुष्ठरोग लागेमा लुकाउने प्रचलन रहेकाले त्यसलाई समयमा उपचार नहुँदा समस्या बढेको भन्दै उहाँले कुष्ठरोगको सङ्का लागेको उपचार गर्न सबैलाई आग्रह गर्नुभयो । 

    कार्यालयका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेका अनुसार कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्री जीवाणुले गर्दा हुने दीर्घरोग हो । यो रोगले मुख्यतः छाला, आँखा र स्नायुमा असर गर्ने उहाँले जानकारी दिनुभयो । चिकित्सकको सल्लाहबमोजिम नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुने जनाउँदै उहाँले समयमा उपचार भएमा अङ्गभङ्ग हुनबाट बच्न सकिने बताउनुभयो । यो रोगको औषधि नेपालका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा निःशुल्क पाइन्छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.