सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रौतहटमा कुष्ठरोगका बिरामी बढ्दो क्रममा


  •    न्युजभित्तो/१४ माघ २०८२, मंगलवार १३:१२ 
  • चन्द्रपुर (रौतहट), १३ माघ । पछिल्लो समय रौतहटमा कुष्ठरोगी बढेका छन् । त्रिहत्तरौँ विश्व कुष्ठरोग दिवसका अवसरमा जिल्लस्थित स्वास्थ्य कार्यालयको समन्वयमा ‘द लेप्रोसी मिसन नेपाल’ द्वारा सोमबार यहाँ आयोजित अभिमुखीकरण कार्यक्रममा जिल्लामा पछिल्ला समय कुष्ठरोगी बढेका जानकारी दिइएको हो ।

    ‘कुष्ठरोग छ ओखती, सामाजिक लाञ्छना र विभेद् मुख्य चुनौती’ भन्ने मूल नाराका साथ आयोजित अभिमुखीकरण कार्यक्रममा द लेप्रोसी मिसन नेपालका स्रोतव्यक्ति राजकुमार साहले विगतको तुलनामा पछिल्लो समय यहाँ कुष्ठरोगका बिरामी बढेका बताउनुभयो । उहाँका अनुसार आव २०८१र८२ र चालु आवको साउनदेखियता रौतहटमा १६७ जना कुष्ठरोगी भेटिएका हुन् । साउनदेखियता मात्रै ३२ जना नयाँ बिरामी फेला परेका उहाँले जानकारी दिनुभयो । 

    सबैभन्दा बढी यमुनामाई गाउँपालिका, कटहरिया र माधवनारायण नगरपालिकामा कुष्ठरोगी देखापरेका स्रोतव्यक्ति साहले जानकारी दिनुभयो । “कुष्ठरोगका बिरामी दुई किसिमका हुन्छ । एक किसिमका बिरामीले छ महिना औषधि सेवन गर्नुपर्छ भने अर्को किसिमका बिरामीले एक वर्ष औषधि सेवन गर्नुपर्ने हुन्छ ।”

    कुष्ठरोगीको उपचार पालिकास्तरीय स्वास्थ्य संस्थामा उपलब्ध हुने जनाउँदै स्रोतव्यक्ति साहले औषधि उपचारका लागि समस्या नभएका सङ्का लागेका व्यक्तिलाई नजिकको स्वास्थ्य संस्थामा गई उपचार गर्न आग्रह गर्नुभयो । समयमै पहिचान र नियमित औषधि सेवनले कुष्ठरोग पूर्ण रूपमा निको हुने स्वास्थ्य कार्यालय प्रमुख राजेश सिंहले बताउनुभयो । उहाँले कुष्ठरोगबारे अझै समाजमा गलत धारणा र डरत्रास कायम रहेकामा जनचेतनाका माध्यमबाट सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.