सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै


  •    न्युजभित्तो/१४ माघ २०८२, मंगलवार १२:४२ 
  • घोराही (दाङ), १३ माघ । घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन हो । उहाँको दैनिकी भालेको स्याहार र हेरचाहामा बित्ने गर्छ । बधिया भाले बिक्रीबाट राम्रो आम्दानी पनि लिइरहेको उहाँ बताउनुहुन्छ ।

    “स्थानीय कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर उसको अण्डकोष निकालेपछि भाले बधिया बन्छ”, उहाँले भन्नुभयोे, “यो सीप सिकेपछि मैले आफँै यो विधिको सुरुआत गरेर भाले बधिया बनाउने काम सुरु गर्न थालेँ ।” बधिया भालेको मासु बढी स्वादिलो हुने भएकाले पनि यसको खोजी व्यापक बन्दै गएको उहाँ बताउनुहुन्छ ।

    आठ वर्षदेखि व्यावसायिक रूपमा बधिया भोलेपालन गर्दै आउनुभएका किसान चौधरीले आगामी दिनमा यसलाई बढाउँदै लैजाने योजना बनाउनुभएको छ । अहिले पनि ६० बढी फार्ममा भाले रहेको उहाँ बताउनुहुन्छ । एउटा भालेलाई रु तीन हजार बढी पर्ने उहाँको भनाइ छ । बधिया भाले सामान्यतया दुई, साढे दुई किलोको हुने गर्छ ।

    उहाँले यो व्यवसायबाट वार्षिक रूपमा रु चारदेखि छ लाखको कारोबार गर्ने र घरखर्च चलाएर आधा रकम बचत हुँदै आएको बताउनुभयो । उहाँले साना भाले किनेर पाल्नुहुन्छ । यसका लागि लोकल कुखुरा पाल्ने स्थानीय किसानसँग सम्पर्क गर्दै आउनुभएको छ । यसरी किनेका भाले चार महिनापछि बधिया बनाउने गर्दै आउनुभएको छ ।

    खुला ठाउँ भएका गाउँघरमा थोरै जमिन भए पनि बधिया भाले पाल्न सहज हुने उहाँ बताउनुहुन्छ । सजिलो र कम लगानीमा गर्न सकिने भएकाले यो आकर्षक व्यवसाय बनेको छ । दङ्गाली पोल्टी फार्म दर्ता गरेर व्यवसाय गर्दै आउनुभएका जानकीलाई श्रीमान्को पनि सहयोग मिलेको छ ।

    बधिया भालेको व्यावसायिक पालनबाट राम्रो आम्दानी पनि हुँदै आइरहेको छ, त्यसकारण विगत लामो सयमदेखि निरन्तरता दिँदै आइरहेका छौँ । उहाँले भन्नुभयो, “सबै काम आफैँले जानेपछि पछिल्लो समय झन् सहज भएको छ, बिक्रीका लागि पनि कुनै समस्या छैन ।” किसान चौधरीले सहज रूपमा बिक्री गर्दै आइरहनुभएको छ । अघिपछिभन्दा चाडपर्वको समयमा बधिया भालेको झन् धेरै माग आउने गरेको उहाँको भनाइ छ ।

    “साना चल्ला हुर्काएर, बधिया बनाएर बेच्दा दोब्बर मूल्य पाउन सकिन्छ”, उहाँले भन्नुभयोे, “यो व्यवसाय गरेदेखि आयआर्जनका लागि अन्य काम खोज्नुपरेको छैन ।” उहाँले उत्पादन गरेको बधियो भाले काठमाडौँ, पोखरालगायतका ठाउँसम्म पुग्ने गरेको छ ।

    जानकीमात्र होइन जिल्लाका अधिकांश किसान बधिया भालेपालनमा सक्रिय छन् । बजारमा माग उच्च र पर्याप्त मूल्य पाउने भएका कारण पछिल्लो केही वर्षयता बधिया भाले दाङको प्रमुख पहिचान नै बन्दैछ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.