सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेतीखोलामा डुबेका पुरुष तीन दिनदेखि बेपत्ता


  •    न्युजभित्तो/१४ माघ २०८२, मंगलवार १२:३५ 
  • तनहुँ, १३ माघ । यहाँँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता भएका एक पुरुष तीन दिनदेखि फेला पर्न सकेका छैनन् । 

    आइतबार दिउँसो जाल हान्ने क्रममा चिप्लिएर खोलाको भुमरीमा परेका भिमाद नगरपालिका–५ आँमडाँडा तुतुवा निवासी ४४ वर्षीय टेकबहादुर सप्लाङ्गी बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार घटनाको जानकारी पाएलगत्तै आइतबार नै स्थानीय बासिन्दा र प्रहरीले खोजी सुरु गरेका थियो । 

    इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरी टोलीले घटनास्थल र आसपासका क्षेत्रमा खोजी जारी राखे फेला पार्न नसकिएको उहाँले बताउनुभयो । “सप्लाङ्गी खोलामा जाल हान्ने क्रममा अचानक सन्तुलन गुमाएर दहको भुमरीमा परेर बेपत्ता भएका जानकारी पाएका छौँ,” प्रनाउ विकले भन्नुभयो, “पोखराबाट आएको सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा खोजी कार्यलाई निरन्तरता दिइरहेका छौँ ।”रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.