सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फलेवासबाट एक वर्षमा पाँच सय २५ जना बसाइँसराइ


  •    न्युजभित्तो/१४ माघ २०८२, मंगलवार १२:०५ 
  • पर्वत, १३ माघ । पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी नागरिक बसाइँ सरेका छन् । आर्थिक वर्ष विसं २०८१र ८२ मा पाँच सय २५ जना बसाइँसराइ गरेका हुन् । नगरका विभिन्न वडावाट एक सय ५३ घरपरिवारका पाँच सय २५ जना बसाइँसराइ गरेको नगरपालिकाका पञ्जीकाधिकारी अधिकृत ऋषिराम शर्माले बताउनुभयो । उक्त अवधिमा ३३ जना नगरमा फर्किएर आएका छन् । एघार वडा रहेको नगरपालिकाबाट चालु वर्षमा पनि बसाइँसराइ जानेको दर उल्लेख्य मात्रामा बढेको पाइएको छ ।

    फलेवास –११ वाट धेरै परिवार विस्थापित भएका छन् भने सबैभन्दा थोरै बसाइँसराइ वडा नंं ५ खानीगाउँबाट भएको छ । आसन्न निर्वाचनको वर्ष भएकाले पनि मताधिकार बसेको स्थानबाटै प्रयोग गर्न तथा अन्य सेवा सुविधाका लागि बाहिरिने दर बढेको नगरपालिकाका प्रवक्ता अच्युत तिवारीले जानकारी दिनुभयो । शिक्षा, स्वास्थ्य, यातायात र रोजगारी अवसरको खोजीमा नगरपालिकाबाट बाहिरिनेको दर बढ्दै जान थालेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीका अनुसार वडा नं १ कार्कीनेटामा दुई जना बसाइँ आएका छन्भने ३५ जना बसाइँसराइ गरी गएका छन् । यस्तै गरी वडा नं २ थापाठामा आठ जना बसाइँसरी आएका छन् भने ३५ जना बसाइँसराइ गरी गएका छन् । यस्तै वडा नं ३ शङ्करपोखरीमा तीन जना बसाइँसराइ गरी आएका छन्भने ४८ जना बसाइँसराइ गरी गएको नगरपालिकाका तथ्याङ्क रहेको छ ।

    फलेवास –४ मुडिकुवाबाट बसाइँसराइ जानेको सङ्ख्या २९ छ । फलेवास –५ खानीगाउँमा यसरी जानेको सङ्ख्या २९ रहेको छभने फलेवास –६ देवीस्थानमा १७ जना बसाइँसरी आएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताउनुभयो । उक्त वडाबाट ५३ जना बसाइँसरी गएका छन् । फलेवास –७ लिमीठानामा १८ जना बसाइँसराइ गरी आएका छन् भने ४९ जना गएका छन् । फलेवास –८ ठानमौलामा ३३ जना बसाइँसराइ गरी गएका छन् । फलेवास –९ भङ्गरामा दुई जना बसाइँ आएका छन्भने ५२ जना बसाइँसराइ गएका छन् । त्यसैगरी, फलेवास –१० कुर्घामा चार जना बसाइँसराइ गरी आएका छन् भने ५० जना बसाइँ सरेर अन्यत्र गएका छन् । फलेवास –११ पाङ्गराङमा सात जना बसाइँसराइ आएका छन्भने ७१ जना बसाइँसराइ गरी गएका छन् ।

    नगरका पञ्जीकाधिकारी ऋषिराम शर्माका अनुसार यो वर्षमात्र एक सय ५३ घरपरिवार नगरपालिकाबाट बसाइँसराइको प्रमाणपत्र लिएर सरेको जानकारी दिनुभयो । उहाँका अनुसार बसाइँसरेर पोखरा, काठमाडौँ, चितवन, बुटवललगायत स्थानमा जाने गरेका छन् ।

    बसाइँसराइ दर बढ्नुमा नगरमा रोजगारीको अवसर नहुनु पहिलो कारण रहेको उहाँको दाबी छ । चौबीस हजार ६७८ जनसङ्ख्या भएको नगरपालिकाबाट बर्सेनि बसाइँसराइको दर बढ्दै गएको शर्माको भनाइ छ । सदरमुकामपछिको दोस्रो नगरपालिका रहेको फलेवासमा दोस्रो कार्यकालको तेस्रो वर्षमा बसाइँसराइको दर बढी देखिएको नगरपालिकाले जनाएको छ ।

    गाउँगाउँमा सिंहदरबार आएर विकास निर्माणका काम धमाधम बढ्दै गए पनि बस्ती रित्तिँदै जानु दुःखद् पक्ष भएको स्थानीयवासी विकास लम्सालले बताउनुभयो । उहाँले स्थानीय सरकारले रोजगारीको सृजना र स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरी गाउँमै बस्ने र कमाउने वातावरण बनाउनुपर्ने उहाँको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.