सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जुम्लामा जाडोले जनजीवन प्रभावित


  •    न्युजभित्तो/१३ माघ २०८२, सोमबार १३:१० 
  • जुम्ला, १२ माघ । हिमपात परेसँगै बढेको जाडोले यहाँको जनजीवन प्रभावित भएको छ । जाडो बढ्दै जाँदा खानेपानीका धाराका पानी ठोसमा परिणत भएको छ । चिसोले पानीका पाइप फुट्न थालेका छन् ।

    पिउने पानी आउन छाडेपछि यहाँका नागरिकले बढी सास्ती खेप्नुपरेको छ । हिउँदे याममा नागरिकलाई कठ्याङ्ग्रिने जाडोले अत्यधिक सास्ती दिन थालेको चन्दननाथ नगरपालिकाका स्थानीयवासी सुनिता बुढाले बताउनुभयो । माघमा चिसो बढ्दै गएपछि विशेषगरी जुम्लालगायत माथिल्लो कर्णालीका मुगु, हुम्ला र डोल्पाका नागरिकको जनजीवन कष्टकर बन्दै गएको हो ।

    जुम्लाको न्यूनतम तापक्रम यतिबेला माइनस ०।७१ डिग्री सेल्सियसमा झरेको छ । तीन दिनसम्म मौसम बढलिने सम्भावना रहेको जल तथा मौसम कार्यालय जुम्लाका प्रमुख आशामपूरा कार्कीले जानकारी दिनुभयो । “चिसो बढ्ने क्रम जारी छ”, प्रमुख कार्कीले भन्नुभयो, “हिमपात भएपछि निकै जाडो बढेको छ । नागरिकको जनजीवन निकै कष्टकर बन्दै गएको छ ।” कठ्याङ्ग्रिने जाडो नघट्दासम्म हिमाली बासिन्दाको खासगरी बिहान र बेलुकाको दैनिकी अझ बढी कठिन हुने कार्यालय प्रमुख कार्कीको भनाइ छ ।

    करिब दुई हजार पाँच उपभोक्तामार्फत २२ हजारभन्दा बढी नागरिकलाई खानेपानी सेवा दिइरहेको खलङ्गा खानेपानी उपभोक्ता समितिको कार्यालयले जनाएको छ ।

    हिमपात हुँदा किसान खुसी

    जुम्ला लगायत माथिल्लो कर्णालीका जिल्लामा हिमपात भएसँगै यहाँका किसान खुसी भएका छन् । यो वर्षको पहिलो हिउँ माघ महिनाको दोस्रो सातामा परेपछि किसानले लगाएको हिउँदे बालीलाई निकै राम्रो हुने जुम्लाको तिला गाउँपालिका–१ स्थानीयवासि लङ्क बुढाले जानकारी दिनुभयो ।

    अत्यधिक चिसो मौसममा यो वर्षको हिउँदे याममा जुम्लामा हिमपात भएपछि किसानले लगाएको हिउँदे बालीनाली निकै राहत पुगेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताउनुभयो ।

    स्याउका नयाँ बिरुवा लगाउने समय भएकाले हिउँ पर्दा सहज भएको यहाँका किसान बताउँछन् । हिमपातपछि जुम्लाका डाँडाकाँडा सेताम्मे बनेका छन् । लामो समयपछि हिउँ परेपछि यहाँका स्थानीयवासी हिउँसँगै फोटो र भिडियो बनाउनमा व्यस्त हुने गरेका छन् ।

    लामो समयदेखि हिमपात नहुँदा सुक्न थालेको हिउँदे बालीमा राहत पुगेपछि स्थानीय किसानले राहत महसुस गरेका छन् । यसले गहुँ, जौ, आलुलगायत हिउँदे बालीलाई फाइदा पुग्ने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । हिमपातले अवरुद्ध भएको हवाई सेवा आइतबारबाट सञ्चालनमा आएको नागरिक उडान कार्यालय जुम्लाले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.