सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भैँसीपालनबाट किसानको फेरिँदै जीवनस्तर


  •    न्युजभित्तो/१३ माघ २०८२, सोमबार १२:०५ 
  • कञ्चनपुर, १२ माघ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारु समुदाय पछिल्लो समय व्यावसायिक भँैंसीपालनतर्फ आकर्षित भएका छन् । दूध बिक्रीबाट मनग्य आम्दानी हुन थालेपछि थारु समुदायको जीविकोपार्जन सहज हुनुका साथै बचत गर्ने बानीको विकास भएको छ ।

    शुक्लाफाँटा नगरपालिका–२ गुल्लरपट्टीका चन्द्रलाल चौधरीले विगत छ वर्षदेखि व्यावसायिक भैँसीपालन गर्दै आउनुभएको छ । उहाँले दैनिक नौ लिटर दूध उत्पादन गर्नुहुन्छ, । जसमध्ये दुई लिटर घरमा राखेर सात लिटर डेरीमा बिक्री गर्नुहुन्छ । प्रतिलिटर रु ७० का दरले दूध बेचेर उहाँले दैनिक रु चार सय ९० र मासिक रु १४ हजार सात सय आम्दानी गर्दै आउनुभएको छ ।

    “दूध बिक्रीबाट आएको पैसाले नून, तेल, औषधिमुलो र लुगाफाटोको खर्च टरेको छ,” चौधरीले भन्नुभयो, “बैंकबाट ऋण लिएर किनेको ट्याक्टरको किस्ता तिर्न धौधौ परेका बेला यही भैँसीको दूधले ठूलो सहारा दिएको छ ।” भँैंसीलाई चारो खुवाउनेदेखि गोबर सोहोर्नेसम्मका सबै काम उहाँ आफैँ सम्हाल्नुहुन्छ ।

    यसैगरी नगरपालिका– ११ का वडा सदस्य जयसिंह रानाले पनि व्यावसायिक रूपमा भैँसी पाल्नुभएको छ । दैनिक छ लिटर दूध डेरीमा पु¥याउने राना भन्नुहुन्छ, “भैँसी पाल्न थालेपछि घरमा खर्चको अभाव कहिल्यै भएको छैन, अहिले त उल्टै अरुलाई सापटी दिन सक्ने भएका छौँ ।” सोही वडाका तौला रानाले पनि दूध बिक्रीबाटै नातिनातिनीको बोर्डिङ स्कुलको शुल्क तिरिरहेको बताउनुभयो ।

    पहिले दूध बेच्न हिचकिचाउने थारु समुदायमा अहिले व्यावसायिकताको लहर चलेको छ । आँचल डेरीका सञ्चालक ललित हमालका अनुसार अहिले दैनिक दूध ल्याउने थारु समुदायका व्यक्तिको सङख्या बढ्दो छ । “पहिले एक–दुई जना मात्रै दूध बिक्रीका लगि आउनुहुन्थ्यो, अहिले ३० जनाभन्दा बढीले नियमित दूध बिक्री गरिरहनुभएको छ,” हमालले भन्नुभयो ।व्यावसायिक भैँसीपालनले थारु समुदायका विपन्न अवस्थाका परिवारलाई आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउन र अन्य व्यापार व्यवसायमा लगानी गर्नसमेत सक्षम बनाएको छ । थारु समुदायमा फैलिएको यो उत्साहले स्थानीयस्तरमा स्वरोजगारको राम्रो उदाहरण प्रस्तुत गरेको हमाल बताउनुहुन्छ ।

    “दुध बिक्री गर्न आउने थारु समुदायका व्यक्तिहरुलाई हामीले पनि प्रोत्साहित गर्दै आएका छौँ” उहाँले भन्नुभयो, “दूधको गुणस्तर अनुसारको मूल्य हातोहात दिने गरेका छौँ ।”रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.