सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आमाको दूधको विकल्प खोज्न नहुने सरोकार भएकाहरूको जोड


  •    न्युजभित्तो/१२ माघ २०८२, आईतवार १३:५८ 
  • वालिङ (स्याङ्जा), ११ माघ । सरोकार भएका निकायका प्रतिनिधिले शिशुका लागि आमाको दूधको विकल्पमा प्रयोग गरिने वस्तुले आमा र बच्चाको स्वास्थ्यमा जोखिम बढाउने भएकाले विककल्प खोज्न नहुने बताएका छन् । 

    प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाद्वारा वालिङमा आयोजित कार्यक्रममा पछिल्लो समय आमाको दूधको विकल्पमा अन्य खाद्यवस्तुको प्रयोग गर्नेक्रम बढ्दै जाँदा त्यसले आमा र बच्चाको स्वास्थ्यमा प्रतिकूल असर गर्ने भन्दै सहभागीहरूले चिन्ता व्यक्त गरेका हुन् ।

    प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख रामबहादुर नेपालीले शिशुको स्वास्थ्य रक्षा गर्दै स्तनपानको महत्वलाई प्रवर्द्धन गर्न सरोकार भएका निकायका प्रतिनिधिले सर्वसाधारणलाई सचेत गराउनुपर्नेमा जोड दिनुभयो । 

    “स्तनपानले आमा र बच्चा  दुवैको स्वास्थ्यमा सकारात्मक फाइदा पुग्ने भएकाले आमाको दूध अमृतसमान मानिएको छ”, उहाँले भन्नुभयो, “स्तनपानको महत्व, विद्यमान ऐनमा भएका प्रावधानलगायत विषयमा जानकारी गराउँदै जनचेतना जगाउनका सरोकार भएका सबै लाग्नु जरुरी छ ।”

    पछिल्लो समय स्तनपान गराउने आमाको सङ्ख्या घट्नु र बजारमा पाइने ‘फर्मुला मिल्क’को प्रयोग बढ्दो अवस्थामा रहेको जनस्वास्थ्य कार्यालयका प्रमुख नेपालीले बताउनुभयो । आमाको शैक्षिक तथा पारिवारिक अवस्थाले पनि स्तनपानमा फरक पार्ने गरेको उहाँको बुझाइ छ ।

    “स्तनपानले सन्ततिको शारीरिक विकासदेखि मानसिक स्वास्थ्यमासमेत गम्भीर असर पार्नसक्छ”, प्रमुख नेपालीले भन्नुभयो, “बच्चा जन्मिएको एक घण्टाभित्र र छ महिनाासम्म आमाको दूध अनिवार्य रूपमा खुवाउनस पर्छ । साथै थप पूरक आहारसँगै दुई वर्षसम्म स्तनपान गराउनु अनिवार्य हुन्छ ।”

    आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्रीवितरण नियन्त्रण गर्ने ऐन तथा स्तनपानसम्बन्धी सरोकार भएका निकाय, स्वास्थ्यकर्मी, औषधि पसल, फार्मेसी, स्वास्थ्य क्लिनिक तथा स्थानीय अगुवालाई यसका बारेमा जानकारी गराइएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अधिकृत श्रृष्टि लम्सालले बताउनुभयो ।

    बजारमा उपलब्ध हुने शिशु आहार (फर्मुला मिल्क) को बढ्दो प्रयोग र त्यसका भ्रामक विज्ञापनलाई नियन्त्रण गर्न ऐनको प्रभावकारी कार्यान्वय गर्नुपर्नेमा जोड दिइएको थियो । 

    विसं २०४९ को ऐन अनुसार आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीवितरण गर्नेलाई कानुन अनुसार दण्ड र सजाय हुने भएकाले अनुगमन अगाडि बढाइने वालिङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत कमलप्रसाद पाण्डेले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.