सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई


  •    न्युजभित्तो/१२ माघ २०८२, आईतवार ११:११ 
  • घोराही (दाङ), ११ माघ । तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका मुना ओलीलार्ई बाजा बजाउन भ्याइनभ्याई छ । जिल्लामा हुने विभिन्न सभा सम्मेलन, बिहे, पूजाआजामा बाजा बजाउन उहाँलाई भ्याइनभ्याई भएको हो । नौमती बाजा बजाउनेमध्ये एक उहाँ समूहमा बाजा बजाउँदै हिँड्नुहुन्छ । महिला पनि अगाडि बढ्नुपर्छ भन्ने सोचले आफू बाजा बजाउँदै समूहमा हिँड्ने गरेको उहाँको भनाइ छ ।

    “महिला पनि सीप सिकेर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “हामी बाजा बजाएर अगाडि बढेका छौँ ।” उहाँ आजभोलि नौमती बाजाको समूहमा बाजा बजाउँदै जिल्लाका विभिन्न ठाउँसहित जिल्लाबाहिर पनि मागअनुसार पुग्ने गर्नुभएको छ ।

    तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरका विष्णु केसीले पछिल्लो समय लोप हुन थालेको नौमती बाजालाई संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले आफूहरूले बाजा बजाउन सिकेको बताउनुभयो । उहाँका अनुसार अहिले बाजा संरक्षणसँगै दुई–चार रुपैयाँ आम्दानी हुने गरेको छ, सुरुमा बाजा बजाउन सकिँदैन कि भन्ने लागेको थियो तर सिकिसकेपछि अहिले सहज भएको छ । गाउँमा बाजा बजाउने प्रचलन रहेको हुँदा यसलाई लोप हुन नदिन महिलाले सीप सिकेको उहाँ बताउनुहुन्छ ।

    उहाँहरूमात्र होइन, तुलसी महिला नौमती बाजा समूहमार्फत यसमा धेरै महिला जोडिनुभएको छ । विवाह, व्रतबन्ध, विभिन्न मेलापर्व तथा उत्सवमा बजाइने नौमती बाजा मुख्य बाजा रहेको तुलसी महिला नौमती बाजा समूहका सदस्य विष्णु केसी बताउनुहुन्छ । पश्चिमेली संस्कृतिको प्रभाव र युवापुस्ताले चासो नदिँदा नौमती बाजा लोप हुने स्थितिमा छ । तर दाङका महिलाहरू भने नौमती बाजाको संरक्षणमा जुटेका छन् ।

    बाजा बजाउने चलन पहिलेदेखि भए पनि ग्रामीण भेगमा यो व्यावसायिक बन्न सकेको थिएन । तर तुलसी महिला नौमती बाजा समूहले यसलाई व्यावसायिक बनाएको छ । यो समूह बाजा बजाउन सल्यान, रोल्पा, प्युठान, बुटवल, नेपालगन्जसम्म पुग्ने गरेको समूहका अर्की सदस्य ४४ वर्षीया विमला केसीले बताउनुभयो ।

    तुलसीपुर उपमहानगरपालिका–४ मजुवा निवासी तथा तुलसी महिला नौमती बाजा समूहका अध्यक्ष कस्तुरा खड्काले आफूहरूले एक दिन बाजा बजाएबापत रु २० देखि ३० हजारसम्म लिने गरेको बताउनुभयो । अध्यक्ष खड्काले बाजा बजाउन थालेको चार वर्ष भयो । यो अवधिमा धेरै ठाउँमा पुगिसकेको बताउनुहुन्छ ।

    उमेरले ५० वर्ष पुग्नुभएकी उहाँले बाजा बजाएर आएको रकम आधा समूहमा जम्मा गर्ने र आधालाई नौमती बाजा बजाउन पुगेको टोलीलाई आम्दानीअनुसार रु दुईदेखि तीन हजारसम्म दिने गरेको उहाँको भनाइ छ । सुरुमा सिक्न गाह्रो भए पनि अहिले नौमती बाजा बजाउन कुनै समस्या नभएको अध्यक्ष खड्का बताउनुहुन्छ । पछिल्लो समय लोप हुन थालेको नौमती बाजालाई संरक्षण र संवर्द्धन गर्नु सबैको दायित्व भएको उहाँले बताउनुभयो । उहाँका अनुसार तुलसीपुर उपमहानगरपालिकाले पनि यस बाजा संरक्षणका लागि महिला समूहलाई तालिमदेखि विभिन्न सहयोगका कार्यक्रम गर्दै आएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.