सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रासस गण्डकी प्रदेश प्रमुख पौडेल सम्मानित


  •    न्युजभित्तो/१० माघ २०८२, शुक्रबार १६:३८ 
  • कास्की, ९ माघ । राष्ट्रिय समाचार समिति(रासस) का गण्डकी प्रदेश कार्यालय प्रमुख वासुदेव पौडेल सम्मानित हुनुभएको छ ।

    गण्डकी प्रदेशकै प्राचीन विद्यालय संस्कृत माध्यमिक विद्यालय (स्था विसं १९५८) को १२५औँ अभिभावक दिवसका अवसरमा पौडेललाई दोसल्ला र सम्मानपत्रसहित पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले संयुक्त रुपमा सम्मान गर्नुुभएको हो । पत्रकारिताका माध्यमबाट संस्कारसहितको शिक्षा, समाज, संस्कृति र जनसरोकारका विभिन्न विषयमा निर्भिक र निष्पक्ष रुपमा कलम चलाउँदै चेतनशील समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उहाँलाई सम्मान गरिएको हो ।

    पौडेलसँगै विद्यालयका पूर्वप्रधानाध्यापक दामोदर बास्तोला र पूर्वकार्यालय सहयोगी सूर्यबहादुर घर्तीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा निर्देशक आचार्यले गण्डकी प्रदेशको ऐतिहासिक यस विद्यालयले पछिल्ला वर्षमा शैक्षिक गुणस्तरीयता बढाउँदै गएको भन्दै यसलाई महत्वपूर्ण शैक्षिक गन्तव्यका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुुभयो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुुप्रसाद अधिकारीले विद्यालयको भौतिक विकाससँगै शैक्षिक गुणस्तरीयताका लागि निरन्तर प्रयास गरिएको बताउनुुभयो । विद्यालयले कक्षा ११ र १२ का कक्षा पनि सञ्चालन गरिरहेको जानकारी दिँदै उहाँले यसको दिगो सञ्चालनका लागि दरबन्दीको व्यवस्थापन जरुरी रहेको धारणा राख्नुुभयो ।

    पोखरा महानगरपालिका–१ का कार्यवाहक अध्यक्ष जुमकाजी गुरुङ, प्रधानाध्यापक श्रीकृष्ण सिग्देल, सहायक प्रधानाध्यापक कलादेवी बराल, माध्यमिक तहका इञ्चार्ज श्रीकान्त सापकोटा, सम्मानित व्यक्तित्वहरू पूर्वप्रधानाध्यापक बास्तोला, रासस गण्डकी प्रदेश प्रमुख पौडेललगायतले विद्यालयले यस क्षेत्रको संस्कृत शिक्षासँगै समग्र शिक्षाका क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु
    सुनको मूल्य तोलामा चार हजार आठ सयले वृद्धि
    सुशासनका लागि राजनीतिक नेतृत्वमा जवाफदेहिता आवश्यक
    • करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    • ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.