सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शैक्षिक सुधारका लागि पौवादुङमा ‘शून्य शैक्षिक गरिबी कार्यक्रम’ सञ्चालन


  •    न्युजभित्तो/१० माघ २०८२, शुक्रबार ११:५९ 
  • भोजपुर, ९ माघ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै आधारभूत तहका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित पौवादुङमा गाउँपालिकामा ‘शून्य शैक्षिक गरिबी कार्यक्रम’ सञ्चालन भएको छ ।

    सन् २०३० सम्ममा गाउँपालिकाभित्रको शैक्षिक गरिबीलाई पूर्ण रूपमा अन्त्य गर्ने दीर्घकालीन लक्ष्यसहित कार्यक्रम सञ्चालन भएको हो । पौवादुङमा गाउँपालिका र युनाइटेड वल्र्ड स्कुलबीचको साझेदारीमा गाउँपालिकाभित्रका १० वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालन भएको छ ।

    सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको भाषिक क्षमता र गणितीय ज्ञान अभिवृद्धि गर्दै समग्र शैक्षिक गुणस्तर सुधारमा कार्यक्रम केन्द्रित भएको युनाइटेड वल्र्ड स्कुल, कोशी प्रदेशका संयोजक विक्रम भट्टराईले बताउनुभयो ।

    दश वटा विद्यालयका कक्षा १, २ र ३ का विद्यार्थीमा भाषिक ज्ञान ४६ प्रतिशत र गणितीय ज्ञान आठ प्रतिशत मात्र रहेको पाइएको जानकारी दिँदै उहाँले आगामी पाँच वर्षसम्म कार्यक्रम कार्यान्वयन हुने बताउनुभयो । कार्याक्रम अभिभावकसँगको समन्वयमा गरिने छ ।

    यसैबीच, पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राईले सामुदायिक विद्यालयको शैक्षिक सुधार आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ । उक्त कार्यक्रमका लागि पालिकाले रु ३५ लाखको लागत साझेदारी गरेको छ । गाउँपालिकाका सबै ३२ वटा सामुदायिक विद्यालयको शैक्षिक सुधार पालिकाको लक्ष्य भएको उहाँले बताउनुभयो ।

    जिल्लाका नौवटा स्थानीय तहमध्ये हाल ‘शून्य शैक्षिक गरिबी कार्यक्रम’ पौवादुङमा गाउँपालिका र षडानन्द नगरपालिकामा मात्र सञ्चालन भएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.