सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पशुपति क्षेत्र विकास कोषद्वारा महाशिवरात्रि तयारी


  •    न्युजभित्तो/९ माघ २०८२, बिहीबार १७:०१ 
  • काठमाडौँ, ८ माघ । पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रि पर्वको तयारी सुरु गरेको छ । तयारीका लागि कोषले अनौपचारिक छलफलसहित सेवा शिविर सञ्चालन गर्न चाहने धार्मिक, सांस्कृतिक, सामाजिक, शैक्षिक एवं औद्योगिक सङ्घ संस्थाका लागि सूचना आह्वान गरेको छ ।

    कोषले आज सूचना सार्वजनिक गरी महाशिवरात्रिमा देश विदेशबाट आउने साधुसन्त, भक्तजन तथा तीर्थयात्रीका लागि निःशुल्क रुपमा भोजन, आवास, पिउने पानी, स्वास्थ्य सेवा, स्वयंसेवक सेवालगायतका विभिन्न प्रकारका सेवा शिविर सञ्चालन गरी सेवा प्रदान गर्न इच्छुक धार्मिक, सामाजिक, शैक्षिक, औद्योगिक सङ्घ–संस्था एवं प्रतिष्ठानबाट निवेदन आह्वान गरिएको सूचना अधिकारी अनिता भट्टले राससलाई जानकारी दिनुभयो । सेवा सञ्चालन गर्न चाहने सङ्घ–संस्थाले सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा नेपाल सरकारबाट प्रचलित कानुनबमोजिम दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपिसहित निवेदन आह्वान गरिएको उहाँले सुनाउनुभयो ।

    संस्थाहरुले सेवाको प्रकृति, सङ्ख्या, सेवा शिविर सञ्चालन हुने अवधिलगायतका आवश्यक विवरण स्पष्ट रुपमा उल्लेख गरी माघ २० गतेभित्र प्राप्त हुने गरी कोषले आवेदन आह्वान गरेको हो । माघ २० गतेभित्र उल्लेख गरिएको विवरणसहित आवेदन पेस नगर्नेलाई शिविर सञ्चालनको स्थान उपलब्ध गराउन तथा सेवा कार्यमा सहभागी गराउन नसकिने पनि सूचना अधिकारी भट्टले बताउनुभयो । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले भरिपूर्ण सुन्दर, शान्त र आध्यात्मिक केन्द्र पशुपति क्षेत्रमा महाशिवरात्रि पर्व २०८२ लाई सभ्य, भव्य तथा दिव्य रुपमा सम्पन्न गर्न सबैको सक्रिय सहभागिताका लागि पनि कोषले सबैमा अपिल गरेको छ । यस वर्षको महाशिवरात्रि पर्व रात्रिमा फाल्गुनकृष्ण चतुर्दशी परेको दिन आगामी फागुन ३ गते आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धिमा महासङ्घको भूमिका प्रशंसनीय : मन्त्री तामाङ
    समाजसेवी ढकालको नेतृत्वमा भोटेकोशी बाढी प्रभावित ८५ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
    दशौँ राष्ट्रिय खेलकुदमा बागमतीको उपाधि लक्ष्य, खेलाडीलाई मैदानमै पुगेर मन्त्री तामाङको हौसला
    • २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    • मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    • गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.