सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

टीकापुर महोत्सवमा टिकट बिक्रीबाट रु ५० लाख आम्दानी


  •    न्युजभित्तो/९ माघ २०८२, बिहीबार १६:४८ 
  • टीकापुर, ८ माघ । कैलालीको टीकापुरमा गत पुस २९ गतेदेखि जारी टीकापुर महोत्सवमा टिकट बिक्रीबाट अहिलेसम्म रु ५० लाख आम्दानी भइसकेको छ । पहिलो दिन उद्घाटनमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सवमा अहिलेसम्म एक लाखभन्दा बढीले अवलोकन गरेका आयोजकले जनाएको छ । 

    महोत्सवमा प्रवेश शुल्कबापत लिइने टिकट बिक्रीबाट गत पुस ३० गते रु एक लाख २४ हजार, माघ १ गते रु पाँच लाख ५४ हजार, माघ २ गते रु ११ लाख ३३ हजार, माघ ३ गते रु नौ लाख ८० हजार, ४ गते रु पाँच लाख ५१ हजार, माघ ५ गते रु छ लाख ५० र माघ ६ र ७ गते बाँकी रकम सङ्कलन भएको समितिका संयोजक तथा उद्योग वाणिज्य सङ्घ टीकापुरका सदस्य उपेन्द्र बटालाले जानकारी दिनुभयो । 

    ‘औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना, समृद्ध सुदूरपश्चिमको परिकल्पना’ भन्ने नाराका साथ सुरु भएको सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव यही माघ ११ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा सर्वसाधारणले रु एक सयमा टिकट लिन सक्नेछन् भने विद्यार्थीका लागि ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

    महोत्सव अवलोकनमा एकल महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाले निःशुल्क प्रवेश पाउनेछन् । महोत्सवमा रमाइलो मेला, फोटो प्रदर्शनी, शैक्षिक प्रदर्शनी, थारु कला र संस्कृति झल्कने ‘थारु गाउँ’ बनाइएको समितिका संयोजक बटालाले बताउनुभयो । उहाँका अनुसार यहाँ निःशुल्क आँखा उपचार, प्राथमिक उपचारलगायत सेवा उपलब्ध छन् ।

    महोत्सवभित्र दुई सय व्यापारिक स्टल (कक्ष) राखिएका छन् । वाणिज्य सङ्घको आयोजनामा विसं २०६५ देखि टीकापुर महोत्सव आयोजना हुँदै आएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.