सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कुमाल बस्तीमा पिउने पानीको समस्या


  •    न्युजभित्तो/८ माघ २०८२, बुधबार ११:५७ 
  • भोजपुर, ७ माघ । षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको अभावमा काकाकुल बनेको छ । लामो समयदेखि बस्तीका ५० परिवार पानीको समस्याले पीडित भएका हुन् ।

    पानी अभावका कारण स्थानीयलाई बिहानबेलुका पानीको जोहो गर्न घण्टौँ खर्चिनुपर्ने बाध्यता छ भने पर्याप्त पानी नहुँदा सरसफाइ र स्वास्थ्यमासमेत असर परेको छ ।

    बस्तीका कृष्णबहादुर कुमालका अनुसार पानीका लागि धेरै समय बिताउनु परेकाले कृषि, मजदुरीलगायत अन्य काम प्रभावित भएका छन् । हिउँदमा समस्या अझ बढी हुने गरेको छ । पानीको अभावमा महिला, बालबालिका र वृद्धवृद्धालाई बढी प्रभावित भएका छन् ।

    कुमाल बस्तीको समस्या समाधानको प्रयासमा आफूहरु क्रियाशील रहेको षडानन्द नगरपालिका–६ का वडाध्यक्ष सुमन विसुन्केले बताउनुभयो ।त्यहाँ पानी व्यवस्थापनका लागि रु सात लाख ५० हजार बजेट विनियोजन भएको जानकारी उहाँले दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.