सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘इन्दिरा प्रसाईंका कथाको सौन्दर्यशास्त्र’ सार्वजनिक


  •    न्युजभित्तो/७ माघ २०८२, मंगलवार १३:३९ 
  • काठमाडौँ, ६ माघ । प्रा डा दयाराम श्रेष्ठद्वारा लिखित ‘इन्दिरा प्रसाईंका कथाको सौन्दर्यशास्त्र’ नामक ग्रन्थ सार्वजनिक गरिएको छ ।

    उक्त ग्रन्थ सोमबार समालोचक प्रा डा वासुदेव त्रिपाठीले लोर्कापण गर्नुभएको थियो ।  ग्रन्थलाई नइ एकेडेमीले प्रकाशनमा ल्याएको हो । समालोचक प्रा केशव सुवेदीले उक्त ग्रन्थ नेपाली कथा समालोचना परम्पराको नव आयाम भएको र कथाका अध्येता अनुसन्धाताहरूका लागि यसले मार्गनिर्देशन गर्ने बताउनुभयो । 

    समारोहमा लेखक श्रेष्ठले आफ्नो सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गरेको र यो प्रयोगात्मक अध्ययनको नमूना रहेको बताउनुभयो । 

    त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका पूर्वप्रमुख प्रा डा दयाराम श्रेष्ठले नेपाली कथा साहित्यका विद्यावारिधि गर्नुभएको छ । उहाँले छत्तीस वर्ष प्राध्यापन पेसा गर्नुभएको थियो । उहाँका ३० वटा कृति प्रकाशित छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.