सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जोमसोमका पानीघट्ट स्तरोन्नति


  •    न्युजभित्तो/७ माघ २०८२, मंगलवार ११:५५ 
  • मुस्ताङ, ६ माघ । यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोममा वर्षौंदेखि प्रयोगविहीन अवस्थामा रहेको पानीघट्टको मर्मतसम्भार तथा स्तरोन्नति गरिएको छ । यहाँका महिलाहरूको नेतृत्व विकास गर्दै आदिवासी तथा परम्परागत प्रविधिको संरक्षण गरी जलवायु समानुकूलित गराउने उद्देश्यले यहाँका जीर्ण पानीघट्ट र भौतिक संरचना पुनर्निर्माण गरिएको हो ।

    क्यानेडाली सरकार (सिएफएलआई)को आर्थिक सहयोगमा अन्तरराष्ट्रिय प्रकृति संरक्षण कोष नेपाल ९आइसीयुएन०ले यहाँस्थित पानीघट्टको मर्मतसम्भार तथा स्तरोन्नति योजना कार्यान्वयनमा ल्याएको हो । यसका लागि घरपझोङ गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र जोमसोम महिला समूहको सहकार्यमा स्थानीय महिला समूहले परम्परागत प्रयोगविहीन पानीघट्टको मर्मतसम्भार तथा स्तरोन्नति गरेको अन्तरराष्ट्रिय प्रकृति संरक्षण कोष नेपालका कार्यक्रम निर्देशक युवराज गुरागाईँले जानकारी दिनुभयो । निर्देशक गुरागाईँका अनुसार जोमसोमका जीर्ण पानीघट्ट मर्मतसम्भार तथा स्तरोन्नतिका लागि स्थानीय महिला उपभोक्ता समितिमार्फत कार्यान्वयन हुनेगरी रु नौ लाख ३४ हजारमा निर्माण सम्पन्न भएको बताउनुभयो ।

    सदियौँ वर्ष पहिले पुर्खाहरूले निर्माण गरेका परम्परागत पानीघट्ट यहाँको प्राचीन संस्कृति र ऐतिहासिक धरोहर भएकाले यस प्रकारका प्रविधिलाई कालान्तरसम्म जोगाएर राख्नुपर्ने जोमसोम महिला समूहकी अध्यक्ष भुवन शेरचनले बताउनुभयो । आधुनिक प्रविधि युगमा मानिसहरू छिटोछरितो रूपमा काम गर्न चाहने भए पनि यहाँको पानीघट्टको मौलिक र विशिष्ट पहिचान रहेको अध्यक्ष शेरचनले बताउनुभयो ।

    समूहकी अध्यक्ष शेरचनले विकास र पूर्वाधार निर्माण ठूलो नभई संरक्षण र संवर्वद्धनको पाटो महत्त्वपूर्ण भएकाले पानीघट्टको इतिहासलाई जीवित राख्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । प्रयोगविहीन अवस्थाका पानीघट्ट मर्मत तथा स्तरोन्नतिले जोमसोमका करिब दुई सय घरपरिवार प्रत्यक्ष लाभान्वित हुने घरपझोङ गाउँपालिकाका उपाध्यक्ष जमुना थकालीले बताउनुभयो ।

    तत्कालीन समयमा यहाँ विद्युतीय सुविधा र आधुनिक उपकरणको प्रयोग नहुँदा पुर्खाहरूले पानीघट्टमा अन्नबाली पिसेर खाने गरेका थिए । यहाँ दातृ निकायको सहयोगबाट जोमसोम पानीघट्टको पुरानो भौतिक संरचना पुनर्निर्माण, घट्टका लागि पानी सञ्जय गर्ने ड्याम निर्माण र घट्टका लागि चाहिने आवश्यक उपरकणको व्यवस्थापन गरिएको समिति अध्यक्ष थकालीले बताउनुभयो ।

    घट्टमा पिसेको पीठो स्वादिलो, पोषिलो र लामो समयसम्म टिकाउ हुने भएकाले निकै उपयोगी मानिएको छ । घट्ट मर्मत तथा स्तरोन्नतिसँगै यहाँका नागरिकले उवा, जौँ, फापर, मकै, गहुँ र फापरको सुकेको पात (ढाप्रा)लगायत परम्परागत बाली पिसेर पीठो बनाउन प्रचलन छ ।

    पछिल्लो समय प्रविधिको विकाससँगै यहाँका पानीघट्ट लोपोन्मुख अवस्थामा रहेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो । मुस्ताङका अधिकांश स्थानमा पानीघट्ट संस्कृति हराउँदै गइरहेको अवस्थामा एक्यापलगायत सङ्घसंस्थाले पानीघट्ट संस्कृति जोगाउन काम गरिरहेको प्रमुख गुप्ताको भनाइ छ । घट्ट संरक्षणले स्थानीय किसानलाई राहत पुगेको र यसले संस्कृतिको संरक्षण तथा पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने विश्वास गरिएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.