सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बालिकाको हत्या गरी फरार प्रतिवादी १९ वर्षपछि पक्राउ


  •    न्युजभित्तो/७ माघ २०८२, मंगलवार ११:३९ 
  • सिरहा, ६ माघ । उन्नाइस वर्षअघि एक बालिकाको घाँटी थिची हत्या गरी फरार रहेका प्रतिवादीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । विसं २०६३ मा भएको उक्त जघन्य अपराधमा संलग्न रहेको आरोपमा कल्याणपुर नगरपालिका–१२ का ४९ वर्षीय उतिम मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालयका सूचन अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार २०६३ साल मङ्सिर १३ गते साविक बेलहा गाउँ विकास समिति वडा नं ७ (हाल कल्याणपुर नगरपालिका) की १६ वर्षीया एक बालिका मृतावस्थामा फेलापरेकी थिइन् । अनुसन्धानका क्रममा सोही ठाउँका उतिम मुखियाले ती बालिकालाई प्रेम प्रस्ताव राखेको र बालिकाले प्रस्ताव अस्वीकार गरेपछि आक्रोशमा आई सल र हातले घाँटी थिची हत्या गरेको खुल्न आएको छ ।

    प्रहरीका अनुसार हत्यापछि फरार भएका मुखिया लामो समयसम्म भारतका विभिन्न स्थानमा लुकीछिपी बस्दै आएका थिए । हाल उनी आफ्नै घरमा आएर लुकेर बसेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई माघ ३ गते पक्राउ गरेको हो । पक्राउ परेका मुखियालाई सिरहा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.