सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सवारी दुर्घटनामा झापामा दुई जनाको मृत्यु


  •    न्युजभित्तो/६ माघ २०८२, सोमबार १३:५४ 
  • दमक (झापा), ५ माघ । झापाको दमक र बिर्तामोडमा भएका सवारी दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा दमक–१० का २४ वर्षीय युवराज पाठक र दमक ठेगाना भएकी अन्दाजी २२ वर्षीया सुजता बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    प्रहरीका अनुसार दमक नगरपालिका–९ स्थित बिजुली अफिस नजिक गएराति करिब १२ बजेतिर मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा पाठकको मृत्यु भएको हो भने झापाको बिर्तामोड चौकस्थित अदुवा पुल सडकखण्डमा मोटरसाइकल र अटोरिक्सा एकापसमा ठोक्किँदा घाइते मोटरसाइकलमा सवार ती युवतीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा आज बिहान उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 

    सोही दुर्घटनामा घाइते हुनुभएका मोटरसाइकल चालक गौरादह नगरपालिका–३ का २४ वर्षीय निरज कार्कीको समेत सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको झापा प्रहरी प्रवक्ता खगेन्द्रबहादुर कार्कीले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.