सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने


  •    न्युजभित्तो/६ माघ २०८२, सोमबार १३:३२ 
  • काठमाडौँ, ५ माघ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यसवर्ष धान उत्पादनमा गत वर्षको तुलनामा दुई लाख ५० हजार ३५० मेट्रिकटन कमी हुने जनाएको छ ।

    मन्त्रालयले देशभर धान बालीको क्षेत्रफल र उत्पादकत्वमा कमी आएका कारण यसवर्ष ५७ लाख पाँच हजार १२६ मेट्रिकटन धान उत्पादन हुने प्रक्षेपण गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो । गत वर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिकटन उत्पादन भएको थियो । गत वर्षको तुलनामा धान उत्पादनमा ४।२० प्रतिशतले कमी आएको हो ।

    आर्थिक वर्ष २०८१÷८२ मा धान बाली भित्र्याइएको कूल क्षेत्रफल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफल रहेकोमा चालु आवमा ३।८ प्रतिशतले घटेर १३ लाख ७६ हजार ८७२ हेक्टर क्षेत्रफल कायम छ । मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार उत्पादकत्व गत आवमा ४।१९ मेट्रिकटनप्रति हेक्टर रहेको थियो ।

    युवा पलायन, बसाइसराइ फलफूल तथा नगदेवालीको क्षेत्रफलमा भएको वृद्धि, तराई एवं सहरी क्षेत्रमा वृद्धि भइरहेको आप्रवासन, जमिनको औद्योगिक एवं अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग जस्ता कारणले धानखेतीको क्षेत्रफलमा केही कमी आएको छ ।

    मधेस प्रदेशमा विशेष गरी धान लगाउने समयमा परेको खडेरीका कारण धान लगाएको क्षेत्रफलमा कमी आई धानको क्षेत्रफल घटेको हुँदा समग्रमा धान बालीको क्षेत्रफलमा कमी आएको हो । चालु आर्थिक वर्षमा उन्नत बीउविजन र मलखादको पर्यास उपलब्धता हुँदाहुँदै प्रतिकूल मौसमका कारण उत्पादकत्वमा केही कमी आएको सूचना अधिकारी जोशीले जानकारी दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.