सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रुम–ताराखोला सडक स्तरोन्नति सुरु


  •    न्युजभित्तो/६ माघ २०८२, सोमबार १३:२५ 
  • म्याग्दी, ५ माघ । म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नति सुरु भएको छ । पूर्वाधार विकास कार्यालय, म्याग्दीले रुमदेखि ताराखोलातर्फ सडक स्तरोन्नतिको काम थालेको हो । विसं २०८२ असार ४ गते रु दुई करोड ११ लाख ३० हजारमा ठेक्का सम्झौता गरेको सोमरस निर्माण सेवाले सडक फराकिलो पार्ने, नाली र पर्खाल निर्माणको काम थालेको कार्यालयले जनाएको छ । 

    कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बानियाका अनुसार योजनाको हालसम्म १० प्रतिशत भौतिक प्रगति भएको छ । ठेक्काको अवधी १८ महिनाको रहेको छ । आयोजना मार्फत रुम खण्डमा करिब एक किलोमिटर सडक फराकिलो पार्ने, नाली, टेवा पर्खाल निर्माण, ढलान र कालोपत्र गरिने भएको छ । रुम म्याग्दीको धेरै जनसङ्ख्या भएको वडा हो ।

    म्याग्दीको मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दालाई बाग्लुङको ताराखोला र मध्यपहाडी लोकमार्गले छोएको गलकोट हुँदै लुम्बिनी प्रदेशको बुटवल बजार जानआउन नजिक पर्ने भएकाले यो सडकलाई प्राथमिकता दिएको गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली (सुविन)ले बताउनुभयो । उहाँका अनुसार गलकोटदेखि ताराखोलाको घुस्मेलीसम्म १० किलोमिटर सडक कालोपत्रको अन्तिम चरणमा रहेको, घुस्मेलीदेखि करिमेला खण्डको चार किलोमिटर स्तरोन्नति र ताराखोलाको रानीबासामा मोटरेबल पुल निर्माण सुरु भएको छ । 

    यसैगरी मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि अदिभारा–ताक्से–बिलबाङ हँुदै रुम जोड्ने सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको मालिका गाउँपालिका–२ का वडाअध्यक्ष उदयकुमार बुढाथोकीले बताउनुभयो । ११ वर्षअघि स्थानीयवासीले चन्दा सङ्कलन र तत्कालीन गाविस कार्यालयको बजेटबाट खनेको सडक प्राविधिक रुपमा उपयुक्त नभएको र जोखिमयुक्त भएपछि स्तरोन्नतिका लागि आयोजना सञ्चालन भएको हो । टाक्से क्षेत्रमा नयाँ मार्ग बनाउने काम भइरहेको छ । 

    अदिभारा–स्याउलीबाङ–औला–बेली–जेम हँुदै रुम जोड्ने घुमाउरो सडकमा यात्रा गर्दा एक घण्टा लाग्ने गरेकामा अदिभारा–टाक्से हुँदै २० मिनेटमा नै रुम पुग्न सकिने वडाअध्यक्ष बुढाथोकीले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.