सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो


  •    न्युजभित्तो/६ माघ २०८२, सोमबार १३:२३ 
  • वीरगञ्ज (पर्सा), ५ माघ । पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन प्रहरीको छनोट प्रक्रिया सुरु भएको छ । 

    पर्सा जिल्लामा आवेदन परेका निर्वाचन प्रहरीको आजदेखि शारीरिक परीक्षण लगायतका छनोटका काम सुरु भएको हो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन प्रहरीमा भर्ना छनोट तथा नियुक्ति समिति पर्साका संयोजक सुमनकुमार कार्कीले निर्वाचन प्रहरीको आजदेखि छनोटको प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

    “आज बिहानदेखि वीरगञ्जको नारायणी रङ्गशालामा निर्वाचन प्रहरीमा आवेदन दिनेहरूको शारीरिक परीक्षण लगायतका काम सुरुआत गरिएको छ,” उहाँले भन्नुभयो, “पर्सा जिल्लाबाट निर्वाचन प्रहरीमा सहभागी हुनेको उत्साहजनक देखिएको छ ।” 

    पर्सामा निर्वाचन प्रहरी छनोट प्रक्रियामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग लगायतका सुरक्षा निकायको प्रत्यक्ष निगरानी र सुपरीेवेक्षणमा छनोट प्रक्रिया अघि बढाइएको छ । संयोजक कार्कीले निर्वाचन  प्रहरी छनोट प्रक्रियालाई  तोकिएको मापदण्डअनुसार पारदर्शी र वस्तुपरक ढङ्गले अघि बढाइएको जानकारी दिनुभयो ।

    निर्वाचन प्रहरीमा सहभागी हुनेको दौड तथा अन्य शारीरिक गतिविधि गराइएको छ । निर्वाचन प्रहरीमा भर्ना छनोट तथा नियुक्ति समिति पर्साले यहाँ जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतर्फ गरेर दुई हजार ८५२ जनाले आज आवेदन माग गरेको थियो । तर, नेपाल प्रहरीतर्फ भने पाँच हजार ३९९ जनाको आवेदन परेको छ । पर्साबाट सशस्त्र प्रहरीले लिएको आवेदनतर्फ पनि निर्वाचन प्रहरीमा ३८५ जनाको आवेदन माग गरिएको थियो । जसमा माघ १ गतेसम्म ५७१ जनाले आवेदन दिएका छन् । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.