सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोशीका मुख्यमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना


  •    न्युजभित्तो/६ माघ २०८२, सोमबार १३:०८ 
  • विराटनगर, ५ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तामाङ समुदायको प्रमुख तथा ऐतिहासिक पर्व सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

    मुख्यमन्त्री कार्कीले आज शुभकामाना सन्देश जारी गर्दै प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होसारले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परालाई जनाउने उल्लेख गर्नुभएको छ । तामाङ समुदायको सामाजिक, धार्मिक र सांस्कृतिक पहिचानसँग यो पर्व गहिरो रुपमा जोडिएको उल्लेख गर्दै उहाँले यस पर्वका माध्यमबाट आपसी सद्भाव, सामाजिक एकता र समृद्धिको यात्रा तय गर्न टेवा पुग्ने विश्वास लिएको बताउनुभएको छ ।

    “हाम्रो मुलुक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानले सम्पन्न छ । यही पहिचानले नै हाम्रो संस्कृतिक र गौरवलाई समृद्ध बनाएको छ”, मुख्यमन्त्री कार्कीको शुभकामना सन्देशमा उल्लेख छ । उहाँले पर्वहरुको उमङ्गसँगै हाम्रो आपसी सद्भाव र सहयोगी भावनाले राष्ट्रिय एकतामा हातेमालो गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.