सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अतिविपन्न बालबालिकालाई सघाउँदै सामुदायिक वन


  •    न्युजभित्तो/५ माघ २०८२, आईतवार १०:५४ 
  • कञ्चनपुर, ४ माघ । शुक्लाफाँटा नगरपालिका–९ स्थित बृन्दावन सामुदायिक वनले अतिविपन्न अवस्थाका बालबालिकालाई दुई वर्षदेखि निरन्तर रूपमा पठनपाठनमा सहयोग पुर्याउँदै आएको छ । सामुदायिक वनले सामाजिक उत्तरदायित्वअन्तर्गत असिग्राम माध्यमिक विद्यालय र मङ्गल आधारभूत विद्यालयमा अध्ययनरत जेहेन्दार, अतिविपन्न, आदिवासी जनजाति तथा दलित समुदायका बालबालिकाका लागि छात्रवृत्ति र विद्यालय पोशाक खरिद गर्न नगद रकम प्रदान गर्दै आएको छ ।

    सामुदायिक वनका अध्यक्ष मोहनसिंह ऐरका अनुसार वनले गत वर्ष असिग्राम माध्यमिक विद्यालयलाई रु दुई लाख प्रदान गरेकामा यस वर्ष उक्त रकम वृद्धि गरी रु तीन लाख उपलब्ध गराएको छ । गत वर्ष मङ्गल आधारभूत विद्यालयलाई पनि रु दुई लाख दिएका थियौँ, तर यस वर्ष रकम अभावका कारण सो विद्यालयलाई भने बजेट व्यवस्था गर्न सकिएन । विद्यालयलाई उपलव्ध गराउने रकमबाट झण्डै तीन सय बढी बालबालिका लाभान्वित भएका छन् ।

    सामुदायिक वनले काठ, दाउरा र घाँस बिक्रीका साथै वनभित्र रहेको तालमा माछापालन गरी आयआर्जन गर्ने गरेको छ । सोही आम्दानीको निश्चित हिस्सा शिक्षा क्षेत्रमा लगानी गरिएको अध्यक्ष ऐरले बताउनुभयो ।

    वनको यो प्रयासले विद्यालयमा विद्यार्थीको टिकाउदर बढाएको छ । असिग्राम माध्यमिक विद्यालयका शिक्षक नैनसिंह ऐरले सामुदायिक वनको सहयोगका कारण आर्थिक अभावकै कारण विद्यालय छाड्नुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । “पोशाक, शैक्षिक सामग्री र छात्रवृत्तिका लागि रकम पाउन थालेपछि विपन्न अवस्थाका बालबालिका बढी लाभान्वित भएका छन्”, उहाँले भन्नुभयो ।

    एक सय ९९ हेक्टर क्षेत्रफलमा फैलिएको यस बृन्दावन सामुदायिक वनमा छ सय ४३ उपभोक्ता घरधुरी आश्रित छन् । वन संरक्षणसँगै सामाजिक र शैक्षिक विकासमा यस वनले पुर्याएको योगदान अन्य सामुदायिक वनका लागि पनि उदाहरणीय बनेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.