सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

झापामा माटोको अम्लीयपन बिग्रँदै


  •    न्युजभित्तो/५ माघ २०८२, आईतवार १०:५१ 
  • बनियानी (झापा), ४ माघ । झापाको माटोमा अम्लीयपन बढ्दै गएको छ । माटोमा प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस र पोटासहरू सन्तुलित मात्रामा हुनुपर्छ । तर, कृषि ज्ञान केन्द्र झापाले हालै दमक नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा सञ्चालन गरेको मोटो परीक्षण घुम्ती शिविरबाट आएको नतिजामा अधिकांश नमूनामा यी तत्वहरू न्यून मात्रमा छन् । यसले माटोको स्वास्थ्य बिगिँदै गएको देखिन्छ ।

    दमकमा ५२ र बुद्धशान्तिमा ५२ वटा गरी १०४ माटोको नमूना परीक्षण गर्दा करिब ६० प्रतिशत नतिजामा माटो अम्लीय रहेको पाइएको कृषि ज्ञान केन्द्र झापा प्रमुख सागर विष्टले जानकारी दिनुभयो । “माटोमा कम्तीमा दुई प्रतिशत प्राङ्गारिक तत्व हुनुपर्छ, तर अधिकांश नमूनाको परीक्षणमा डेढ प्रतिशतभन्दा माथि छैन”, उहाँले भन्नुभयो, “माटोमा प्राङ्गारिक तत्व क्रमशः कम हुँदै गइरहेको छ ।”

    त्यस्तै, दमकको ५२ माटोको नमूनामध्ये २७ वटा नमूनामा नाइट्रोजनको मात्रा न्यून मात्रामा रहेको पाइयो । ४५ नमूनामा पोटासको मात्रा न्यून रहेको पाइएको छभने ३० वटा माटोको नमूनामा फस्फोरसको मात्रा न्यून रहेको पाइएको छ । केही नमूनामा यी तत्वको मात्रा मध्यम र केहीमा अत्यधिक रहेकोसमेत पाइएको छ । यस्तै, बुद्धशान्तिमा गरिएको ५२ वटा परीक्षणमा समेत माटोको अवस्था करिबकरिब दमककै जस्तै रहेको छ ।

    माटो परीक्षणपछि किसानलाई खेतमा गोबर ९कम्पोष्ट० मल र हरियो मलको प्रयोग गर्न सुझाव दिइएको छभने माटाको अम्लीयपन घटाउन कृषि चुनको प्रयोग गर्न सिफारिस गरिएको कार्यालय प्रमुख विष्टले बताउनुभयो ।

    विस्तारै असर देखिने

    हाल झापामा माटोको गुणस्तर खस्कँदै गए पनि धान र मकैको उत्पादकत्व वृद्धि भएको तथ्याङ्कले देखाउँछ । रासायनिक मलको प्रयोग बढिरहेकाले उत्पादन वृद्धि भएको कार्यालय प्रमुख विष्ट बताउनुहुन्छ ।

    “किसानले पहिला एक बिघामा ८० मन धान फलाउन जति मल प्रयोग गर्नुपर्थो, अहिले त्यसको डेढ गुणा हाल्नुपर्ने अवस्था छ”, रासायनिक मलको प्रयोग बढेसँगै माटोमा अम्लीयपन बढ्दै गएको बताउनुहुँदै उहाँले भन्नुभयो, “तत्काल असर नदेखिए पनि यसले दीर्घकालीन रूपमा असर गर्छ ।”

    माटोको गुणस्तर सुधारका लागि कार्यालयले गत वर्षमात्र करिब ४२ टन कृषि चुन वितरण गरेको थियो । स्थानीय तहले पनि कृषि चुन वितरण गरिहेकाले यो वर्ष कार्यालयबाट कृषि चुन वितरण गरिएको छैन । माटो सुधारका लागि बाली लगाउनुभन्दा करिब ३० दिनअघि मात्रा मिलाएर कृषि चुनको प्रयोग गर्न प्रमुख विष्टको भनाइ छ ।

    झापामा हाल एउटा मात्र माटो परीक्षण केन्द्र छ । कनकाई नगरपालिकास्थित सुरुङ्गामा मात्र माटो परीक्षण केन्द्रबाट वार्षिक दुई हजारदेखि दुई हजार ५०० वटासम्म माटो नमूना परीक्षण हुँदै आएको छ ।

    हरेक पालिकाले माटो परीक्षण गर्ने सामान्य भए पनि ल्याब राख्नुपर्नेमा कृषि ज्ञान केन्द्र प्रमुख विष्टले जोड दिनुभयो । “एउटा मात्र ल्याबले सबैतिरको काम गर्न गाह्रो हुन्छ”, उहाँले भन्नुभयो, “केही पालिकाको कृषि शाखाले सामान्य माटो परीक्षणको काम गरिरहेका छन्, सबै पालिकाले सामान्य भए पनि ल्याब राख्न आवश्यक ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.