सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरियाबाट फर्केपछि गाउँमै दुग्ध व्यवसाय


  •    न्युजभित्तो/३ माघ २०८२, शुक्रबार १७:२१ 
  • तम्घास (गुल्मी), २ माघ । रुरुक्षेत्र गाउँपालिका–१ रिडीका रवि पन्त आजकाल किसानबाट दूध सङ्कलन गर्ने र त्यसबाट विभिन्न परिकार बनाउनमा व्यस्त देखिनुहुन्छ । बिहान र बेलुका दूध सङ्कलन गर्ने एवं दिउँसो दूधबाट बन्ने विभिन्न परिकार बनाउने उहाँको दैनिकी बनेको छ । 

    नेपालमा व्यवसायमा लगानी गर्न मानिस डराइरहेका बेला पन्त भने दुग्ध व्यवसायमा जम्नुभएको छ । रिडीमा ‘गौरव दूध डेरी’ बाट व्यवसाय सञ्चालन गर्नुभएका उहाँले दूध सङ्कलन, दूधबाट बन्ने परिकार छुर्पी, पनिर, दही, कुराउनी, छुर्पी, घ्यूलगायतका परिकार बनाएर बिक्री गर्नुहुन्छ । 

    उहाँको डेरीमा दैनिक औषतमा एक हजार १०० लिटर दूध जम्मा हुन्छ । त्यसमा ८० प्रतिशत दूध छत्रकोट गाउँपालिकाबाट आउने गर्दछ भने बाँकी दूध सत्यवती र तानसेनबाट आउने गर्दछ । उहाँले गाई र भैँसीको दूध सङ्कलन गर्नुहुन्छ । दूध खरिद गरेबापत उहाँले दैनिक रु ७५ देखि ८० हजारअर्थात् मासिक रु २१ लाख किसानलाई भुक्तानी दिनुहुन्छ । दूधको गुणस्तरअनुसार किसानलाई रकम प्रदान गर्ने पन्त बताउनुहुन्छ । 

    किसानबाट सङ्कलन गरिएको दूध उहाँले स्थानीय बजारका साथै पाल्पा, बागलुङ, स्याङ्जा र बुटबलसम्म पनि बिक्री गर्नुहुन्छ । बाँकी रहेको दूधलाई दही, पनिर, छुर्पीलगायतका परिकार बनाएर सदुपयोग गर्नुहुन्छ । गत वर्ष बुटबलको दुग्ध विकास संस्थानलाई ८४ हजार लिटर दूध बिक्री गर्नुभएको थियो । संस्थानले विभिन्न परिकार बनाउनको लागि दूध खरिद गर्दछ । 

    दूधपछि बढी मात्रामा दही बिक्री हुन्छ । रिडीमा शव दाहासंस्कारका लागि धेरै मानिस आउने भएकाले पनि दहीको खपत बढी हुने पन्तको भनाइ छ । फुटकर रु १४० मा दही बिक्री भइरहेको छ । गर्मीयाममा दैनिक २५० लिटरसम्म दही बिक्री हुने गरेको छ । उहाँले वार्षिक चार हजार लिटर घ्यू पनि उत्पादन गरी बिक्री गर्दै आउनुभएको छ । प्रतिलिटर रु एक हजार ३०० मा स्थानीय बजारका साथसाथै बुटबल र काठमाडौँसम्म उहाँले उत्पादन गरेको घ्यू पुग्ने गरेको छ । पन्तले प्रतिकिलो रु एक हजारमा कुराउनी बिक्री गरिरहनुभएको छ । 

    दसैँ, तिहार जस्ता चाडपर्व एवं पाहुनाले कोसेलीका रुपमा कुराउनी लैजाने गरेका छन् । गत दुई वर्षदेखि उहाँले छुर्पी उत्पादन गर्दै आउनुभएको छ । फुटकरमा रु एक हजार ३०० र थोकमा प्रतिकिलो रु एक हजारमा छुर्पी बिक्री हुँदै आएको छ । स्थानीय बजारका साथसाथै पाल्पा, बुटबल र काठमाडौँसम्म पुग्ने छुर्पी यो वर्ष १५ क्विन्टल उत्पादन गर्ने लक्ष्य लिएको पन्त बताउनुहुन्छ । 

    उहाँ वैदेशिक रोजगारीका लागि सन् २००९ देखि १४ सम्म गरी छ वर्ष कोरिया बस्नुभयो । कोरियामा उहाँले समुद्रमा माछा मार्ने काम गर्नुहुन्थ्यो । उहाँको आम्दानी पनि मासिक रु तीन लाख जति हुन्थ्यो । कोरियामा काम गर्दा उहाँले मिर्मिको जलविद्युत् ड्याममा माछा पाल्ने सोच बनाउनुभयो । तर नेपाल फर्केपछि सोच बदल्नुभयो । 

    रिडी नेपालको चार धाममध्येको एक रहेको र धार्मिक पर्यटक बढी आउने भएकाले उहाँले दूध डेरी सञ्चालन गर्ने निर्णय गर्नुभयो । कोरिया जानुभन्दा अगाडि उहाँले काठमाडौँमा नौ वर्ष चमेनागृह तथा होटल सञ्चालन गर्नुभएको थियो । तर त्यसबाट सन्तुष्ट नभएपछि उहाँ कोरिया जानुभएको थियो । “अहिले आफ्नै ठाउँमा सन्तुष्ट हुनेगरी व्यवसाय गरेको छु”, रविले भन्नुभयो, “विदेशमा पैसा कमाएर पनि आफ्नो स्वाभिमान हुँदैन, तर स्वदेशमा थोरै पैसा कमाए पनि स्वाभिमान हुन्छ ।” उहाँले कोरियमा कमाएको पैसा सही ठाउँमा लगानी लगाएको बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.