सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’


  •    न्युजभित्तो/३ माघ २०८२, शुक्रबार १२:५६ 
  • भादगाउँ, २ माघ । जिल्लाको सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा देवगणको ‘ङालाकेगु जात्रा’ (माछा मार्ने जात्रा) हुने भएको छ । हरेक वर्ष भक्तपुर नगरपालिकाको २१ स्थानमा प्रदर्शन हुने जात्रा सूर्यमढीबाट सुरु गर्ने परम्परा छ ।

    सूर्यमढीमा जात्रा गर्नुअघि गत पुस मसान्तको दिन ‘वापी पाछाकिगु’ जात्रा गरिएको थियो भने माघे सङ्क्रान्तिको साँझ देवगणले सूर्यमढी टोल परिक्रमा गरी राति खःप्याखं (नाच) प्रदर्शन गरी च्याम्हासिंह क्षेत्रमा ‘मुःवाहा जात्रा’ गरिएको थियो । जात्राका क्रममा जात्रा हुने स्थानमा टोल परिक्रमा सकेपछि राति ङालाकेगु स्थानमा सम्पूर्ण देवगणहरूको ‘खःप्याखं’ प्रदर्शनी, ‘मुःवाहा जात्रा’ र ‘चाःप्याखं’ (रात्रि नाच) हुने परम्परा रहेको छ ।

    नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका सल्लाहकार नारायण वनमालाले त्यहीअनुसार आज सूर्यमढीमा बाराही प्याखंस सिम्ह दुम्हको प्याखं तथा ङालाकेगु जात्रा हुने बताउनुभयो । उहाँका अनुसार आज दिउँसो महाकाली प्याखंस साँझ महाकाली र श्वेत भैरवको ‘गा तोकेगु प्याखं’ (खास्तो निकाल्ने नाच), हुन्छ । त्यसपछि सिम्ह दुम्ह र श्वेत भैरवको ‘ना होलेगु प्याखं’ (पानी निकाल्ने नाच) सँगै श्वेत भैरवको ङालाकेगु जात्रा हुनेछ ।

    ङालाकेगु जात्रा सकेपछि सिम्ह दुम्ह र श्वेत भैरवको ‘प्वास्याकेगु प्याखं’ (पेट दुखाउने नाच); बालकुमारी (इन्द्रायणी) र श्वेत भैरवको ‘मतिना प्याखं’ (मायाको नाच); सिम्ह दुम्ह र श्वेत भैरवको ‘वस हियेगु प्याखं’ (लुगा धुने नाच) र अन्तमा श्वेत भैरवको प्याखं प्रदर्शनी हुने वनमालाले जानकारी दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.