सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि


  •    न्युजभित्तो/३ माघ २०८२, शुक्रबार १२:१४ 
  • काठमाडौँ, २ माघ । विभिन्न खेलको कला प्रदर्शनमा २१ पटकका गिनिज वल्र्ड रेकर्ड राख्न सफल दिनेश सुनारलाई अमेरिकामा खेल विज्ञानमा मानार्थ विद्यावारिधि प्रदान गरिएको छ । इन्टरनेशनल इन्टर्नशीप युनिभर्सिटीले हालै स्पोर्टस् साइन्स एण्ड ह्युमन पर्फमेन्समा मानार्थ विद्यावारिधि दिएको हो । 

    विश्वभर केबल असाधारण नेतृत्व र प्रेरणादायी योगदान दिने व्यक्तिहरूलाई प्रदान गरिने सो उपाधि अन्तरराष्ट्रिय रूपमा प्रशंसित पार्कर खेलाडी, उत्कृष्ट जिम्नास्ट, स्टन्ट कलाकार र सहनशीलताको विश्व दूतका रूपमा अन्तरराष्ट्रिय ख्याति कमाएका नेपालका डा सुनारले पहिलोपटक पाउनुभएको हो । 

    सन् २०२५ मा विश्वभरबाट उहाँसहित जम्मा चार जनालाई सो सम्मान प्रदान गरिएको थियो । उहाँ भन्नुहुन्छ, “यो सम्मानले दृढ सङ्कल्प र अवसरले सफलता सम्भव हुन्छ भन्ने कुराको पुष्टि भएको छ, साथै नेपालको प्रतिष्ठालाई अन्तरराष्ट्रिय जगतमा बढाउन मद्दत पुग्नेछ ।”

    नेपालको प्रतिनिधित्व गर्दै उहाँले राष्ट्रिय तथा अन्तरराष्ट्रिय जिम्नास्टिक्स प्रतियोगितामा धेरैपटक स्वर्ण पदक जित्न सफल हुनुभएको छ । अमेरिकास्थित वल्र्ड फ्रि रनिङ पार्कर फेडरेशनको प्रशिक्षक रहनुभएका उहाँ सन् २०२४ देखि अमेरिकी पार्कर एम्बेसडरका रूपमा संस्कृति र महादेश जोड्दै स्वतन्त्रता, गति र आत्मअभिव्यक्तिको विचार बाँडिरहनुभएको छ । उहाँले बलिउड, कोलिउड र नेपाली चलचित्रमा ५० भन्दाबढी स्टन्ट प्रदर्शन गरिसक्नुभएको छ । भविष्यमा नेपालमा व्यावसायिक पार्कर एकेडेमी स्थापना गर्ने योजना रहेको उहाँ बताउनुहुन्छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.