सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने


  •    न्युजभित्तो/३ माघ २०८२, शुक्रबार १२:०७ 
  • कञ्चनपुर, २ माघ । कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको जलपन्छी गणना सम्पन्न भएको छ । सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जलपन्छीको अवस्था र सङ्ख्या अभिलेख गर्ने उद्देश्यले सञ्चालन गरिएको गणना सकिएको हो ।

    नेपाल पन्छी संरक्षण सङ्घ ९बिसिएन०का वरिष्ठ चराविज्ञ हिरूलाल डगौंराका अनुसार विगतका वर्षको तुलनामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको सिकारी ताल तथा निकुञ्ज बाहिरका पुरैनी ताल, नकैया सिमसारलगायत क्षेत्रमा जलपन्छीको सङ्ख्यामा सुधार आएको पाइएको छ ।

    “कञ्चनपुरमा गणना कार्य पूरा गरी अहिले सङ्ख्या अद्यावधिक गर्ने, प्रजाति छुट्याउनेलगायतका काम भइरहेको छ”, उहाँले भन्नुभयो, “कैलालीका केही क्षेत्रमा गणना बाँकी रहेकाले आगामी माघ ४ गतेभित्र सबै तथ्याङ्क सार्वजनिक गरिनेछ ।”

    बिसिएनको अगुवाइ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको समन्वयमा जलपन्छी गणना गरिएको छ । गणनामा वाइनाकुलर, दूरबिन, क्यामेरा र जिपिएसजस्ता उपकरणको प्रयोग गरिएको थियो भने हिँडेर पुग्न नसकिने सिमसार क्षेत्रमा हात्तीको पनि प्रयोग गरिएको चराविज्ञ डगौंराले जानकारी दिनुभयो ।

    गणनामा बिसिएन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छीविद् सङ्घ, कनेक्ट परियोजना, जेडएसएल, निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, हिमालय नेचर, नेचर गाइड एसोसिएसन तथा कञ्चनपुर पन्छी संरक्षण समूहका प्रतिनिधिहरूको संलग्नता थियो ।

    निकुञ्जभित्रका सिकारी ताल, बाबा ताल, तारा ताल, रानी ताल, चौधर नदी, राधापुर सिमसार, झिलमिला र रतनपुर सिमसारमा गणना गरिएको छ । त्यसैगरी निकुञ्ज बाहिरका महाकाली नदी, पुरैनी ताल र बन्दा ताल क्षेत्रमा पनि जलपन्छीको अवस्थाबारे विवरण सङ्कलन गरिएको छ ।

    चराविज्ञहरूका अनुसार सिमसार क्षेत्रमा बढ्दो अतिक्रमण, अवैज्ञानिक माछापालन, नदीजन्य पदार्थको दोहन, मानवीय गतिविधि र जलवायु परिवर्तनका कारण जलपन्छीको बासस्थान सङ्कटमा पर्दै गएको छ । गणनाका क्रममा पन्छीको सङ्ख्याका साथै बासस्थानमा देखिएका चुनौतीबारे पनि अध्ययन गरिएको बताइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.