सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’


  •    न्युजभित्तो/२ माघ २०८२, बिहीबार १६:५३ 
  • काठमाडौँ, १ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले लोपोन्मुख भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिनुभएको छ ।

    आज यहाँ आयोजित ‘हाङ यलम्बर स्मृति’ पुरस्कार वितरण समारोहमा प्रमुख शाहले कतिपय भाषाका लिपी हराइसकेका, कतिपय भाषा विलिन भइसकेका उल्लेख गर्दै यस्ता लोप हुन लागेका भाषा र लिपी खोजी गरी संरक्षणमा हातोमालो गर्न सबैलाई आह्वान गर्नुभयो ।

    किरात राई यायाक्खाद्वारा किरात यलम्बरसम्वत ५०८६ को अवसरमा आयोजित पुरस्कार समारोहमा उहाँले प्रत्येक समुदायले आफ्नो कला, संस्कृति, मूल्यमान्यता र पहिचानसँग जोडिएका भाषा जोगाउँदै जानुपर्ने धारणा राख्नुभयो ।

    देशभर विभिन्न जातजाति, समुदाय र सभ्यता रहेको उल्लेख गर्दै महानगरप्रमुख शाहले ती सबैको संरक्षण र सम्वर्द्धन गर्नु साझा दायित्व भएको बताउनुभयो । “हाम्रो भाषा, कला र संस्कृति जोगाउनु भनेको व्यक्तिगत मात्र नभइ सिङ्गो देशको पहिचान जोगाउनु हो”, उहाँले भन्नुभयो, “तपाईंले आफ्नो भाषा जोगाइरहनु भएको छ भने देशलाई पनि जोगाइरहनु भएको छ ।”

    प्रमुख शाहले नेपालका सबै कला र सम्पदालाई संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धन गर्दै जानुपर्ने आवश्यकता औँल्याउँदै एक सभ्यताले अर्को सभ्यताको सम्मान र संरक्षण गर्नुपर्ने धारणा राख्नुभयो । आफू जुनसुकै सभ्यतामा रहे पनि अन्य संस्कृति र सभ्यताप्रति सम्मान र इज्जतको भावना हुनुपर्ने उहाँको भनाइ छ । “त्यसले गर्दा अरू मात्र होइन, हामी आफैँ सुरक्षित हुन्छौँ र सबै कला, संस्कृति, मूल्यमान्यताको संरक्षणमा सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.