सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘शान्तिसुरक्षाको प्रत्याभूति गर्नु प्रदेश सरकारको पहिलो प्राथमिकता हो’


  •    न्युजभित्तो/२ माघ २०८२, बिहीबार १५:१७ 
  • बागमती, १ माघ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउनु प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । प्रदेश सरकारको तर्फबाट बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडालाई आज मोटरसाइकल हस्तान्तरण गर्दै उहाँले प्रदेशको शान्तिसुरक्षालाई सुदृढ बनाउँदै नागरिकलाई पुर्ण रूपमा भयरहित वातावरणको प्रत्याभुति दिलाउन सरकार प्रयत्नशील रहेको बताउनुभयो । 

    मुख्यमन्त्री बानियाँले शान्तिसुरक्षा सुदृढीकरण गर्दै छिटोछरितो सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रदेश सरकारले प्रहरीलाई आवश्यक साधनस्रोत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सवारीसाधनको अभावमा प्रहरीलाई सेवा प्रवाह तथा प्रहरी परिचालनलाई प्रभावकारी बनाउन नसकिएको अवस्थालाई मध्यनजर गरी मोटरसाइकल उपलब्ध गराइएको मुख्यमन्त्री बानियाँले बताउनुभयो । 

    कार्यक्रममा मुख्यमन्त्री बानियाँले बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण पौडेललाई ३० थान मोटरसाइकल हस्तान्तरण गर्नुभयो । सुरक्षा व्यवस्था सुदृढीकरण, छिटोछरितो सेवा प्रवाह तथा प्रहरी परिचालनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ प्रदेश सरकारले रु ९७ लाख २० हजार मूल्य बराबर मोटरसाइकल खरिद गरी प्रहरीलाई हस्तान्तरण उहाँले जानकारी दिनुभयो ।

    राष्ट्रियस्तरबाट बोलपत्र आह्वान गरी प्रचलित कानुन तथा स्वीकृत मापदण्ड बमोजिम खरिद गरिएका मोटरसाइकल १६० सिसी क्षमताका एफआई र एबिएस प्रणालीयुक्त छन् । कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडाका प्रमुख सचिव बाबुराम अधिकारीलगायत सुरक्षाकर्मीको उपस्थिति थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.