सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुस्ताङमा ११ हजार ३०० भन्दा बढी मतदाता कायम


  •    न्युजभित्तो/१ माघ २०८२, बुधबार १५:३९ 
  • मुस्ताङ, ३० पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा ११ हजार ३२७ जना मतदाता कायम भएका छन् । तीमध्ये महिला मतदाताको सङ्ख्या पाँच हजार ७६८ र पुरुष मतदाताको सङ्ख्या पाँच हजार ५५९ रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    मुस्ताङका पाँच स्थानीय तहका कूल मतदाता सङ्ख्याको अनुपातमा पुरुष मतदाताको सङ्ख्याभन्दा महिला मतदाताको सङ्ख्या एक दशमलव ८४ प्रतिशत रहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।

    यसअघि २०७९ सालमा भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मुस्ताङका पाँच पालिकामा गरी कूल दश हजार ९५६ जना मतदाता थिए । निर्वाचन अधिकारी ज्ञवालीका अनुसार मुस्ताङको घरपझोङमा १७८, थासाङमा  ९०, वारागुङ मुक्तिक्षेत्रमा ९१, लोघेकर दामोदरकुण्डमा नौ र लोमान्थाङ गाउँपालिकामा तीन जना नयाँ मतदाता थपिएका हुन् ।

    सबै मतदान केन्द्र सडक सञ्जालमा

    मुस्ताङका ३९ वटै मतदान केन्द्र तथा मतदानस्थलमा सडकको पहुँच पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सडकको पहुँच पुगेका अधिकांश मतदान केन्द्र तथा मतदानस्थल कच्ची सडक सञ्जाल विस्तार भएका निर्वाचन अधिकारी ज्ञवालीले बताउनुभयो ।

    निर्वाचन कार्यालयका अनुसार माथिल्लो मुस्ताङको लोमान्थाङस्थित समजुङ मतदान स्थल खारेज गरी लोमान्थाङ–२ छोसेरस्थित दिव्यदीप माध्यमिक मतदान केन्द्रमा गाँभिएको छ । यसैगरी लोघेकर दामोदरकुण्ड–५ याराका मतदातालाई मतदान गर्न सजिलो बनाउने उद्देश्यले उक्त स्थान नजिकै अर्को मतदानस्थल थप गरिएको छ । 

    साङ्ता मतदानस्थल कठिन

      मुस्ताङ र डोल्पाको सीमावर्ती गाउँ वारागुङ मुक्तिक्षेत्र–५ अन्तर्गतको साङ्ता गाउँमा मतदानमा खटिने कर्मचारी र सुरक्षाकर्मीका साथै यहाँका मतदातालाई सेताम्मे हिउँले भरिएको सडक पार गरेर काममा खटिन र मतदान गर्न जान पजि असहज हुनसक्ने जिल्ला निर्वाचन अधिकारी ज्ञवालीले बताउनुभयो । गत कात्तिक १० गतेको भारी हिमपातका कारण मुस्ताङको साङ्ता सडक सेताम्मे हिउँका कारण एक महिनाअघिदेखि अवरुद्ध छ ।

      साङ्ता गाउँमा यसअघिको निर्वाचनमा ३४ जना मतदाता थिए । यहाँका नागरिक अहिले जाडो छल्न गाउँ छोडेर फल्याक, धार्काजुङ र जोमसोम गएर  बसेका छन् । कतिपय पोखरा र काठमाडौँ झरेका छन् । साङ्ता गाउँका स्थानीय जाडो छल्न पारिलो स्थानमा झरेको गर्मीयाम लागेपछि चैत–वैशाखमा मात्रै साविककै स्थानमा फर्किन्छन् । 

    साङ्ता गाउँका वडासदस्य छिरिङ पाल्साङ गुरुङले गाउँ जाने मुस्ताङ–डोल्पा सडकमा हिउँ जमेर बसेकाले यहाँसम्म पुग्न कठिन हुनसक्ने बताउनुभयो । हिउँदयामको हिउँ चैत–वैशाखसम्म नपग्लिने भएकाले यहाँका सडकमा डोजरले हिउँ पन्छ्याउन सकेमात्रै सवारीसाधन लैजान सकिने उहाँले जानकारी दिनुभयो ।

    “गाउँका सबै नागरिक अहिले बाहिर छन्, भोट हाल्ने बेलामा पनि फर्किंदैनन् होला । भोट खसाल्न सुरक्षाकर्मी, पार्टी तथा अन्य सरोकार भएका निकायको समन्वयमा मतदाता लैजाने व्यवस्था गर्नुपर्छ”, वडासदस्य गुरुङले भन्नुभयो, “फागुनमा पनि हाम्रो गाउँमा अत्यधिक चिसो हुन्छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.