सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आजदेखि नेपालगञ्जमा घरेलु तथा साना उद्योग महोत्सव


  •    न्युजभित्तो/१ माघ २०८२, बुधबार १३:४० 
  • जानकी (बाँके), ३० पुस । नेपालगञ्जमा आयोजना हुन लागेको घरेलु तथा साना उद्योग महोत्सव–२०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । घरेलु तथा साना उद्योग प्रवर्द्धन समिति जिल्ला शाखाको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेको सहआयोजनामा आजदेखि सुरु हुने महोत्सव आगामी माघ १० गतेसम्म सञ्चालन हुनेछ ।

    महोत्सवको उद्देश्य स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै उद्यमशीलता विकास, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक विकासमा टेवा पु¥याउनु रहेको आयोजकले जनाएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूद्वारा सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत हुनेछन् । चर्चित गायक तथा गायिकासहित स्थानीय प्रतिभाहरूको सहभागितामा विविध मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिने जनाइएको छ ।

    महोत्सवस्थलमा व्यापारिक तथा मनोरञ्जनात्मक प्रदर्शनी, हस्तकलाका सामग्री, घरेलु तथा साना उद्योगका उत्पादन, कृषि सामग्री, सूचना प्रविधिसम्बन्धी सामग्री तथा विभिन्न स्टलहरू रहनेछन् । करिब १०० भन्दा बढी स्टल राखिने र महोत्सव अवधिभर चार लाख दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ ।

    महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश सरकारका उद्योग, जलस्रोत तथा ऊर्जामन्त्री सरिता चौधरीले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी, घोडा दौड, झुला प्रतियोगिता, विविध खेलकुदका गतिविधि तथा मनोरञ्जनात्मक कार्यक्रम गरिनेछन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.