सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भिमादमा ‘किसानसँग नगरप्रमुख’ कार्यक्रम सञ्चालन


  •    न्युजभित्तो/२९ पुष २०८२, मंगलवार १३:३७ 
  • दमौली (तनहुँ), २९ पुस । भिमाद नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रको विकास र विस्तार गर्दै किसानलाई व्यावसायिक बनाउने उद्देश्यले ‘किसानसँग नगरप्रमुख’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

    स्थानीयको जीवनयापनसँग प्रत्यक्ष जोडिएको भरपर्दो आयआर्जनको स्रोत कृषि व्यवसाय भएकाले नगरपालिकाले यस क्षेत्रमा विशेष जोड दिएको नगरप्रमुख दधिराज सुवेदीले बताउनुभयो । नगरपालिकाको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै कृषि तथा पशुपालनमै आधारित कार्यक्रम ल्याइएको नगरप्रमुख सुवेदीले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “कृषि तथा पशुपालनको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै किसानको जीविकोपार्जनमा सुधार ल्याउने तथा नगरपालिकालाई यस क्षेत्रमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो ।”

    कार्यक्रमअन्तर्गत नगरप्रमुखसहित जनप्रतिनिधि र सम्बन्धित शाखाका प्रमुख प्रत्यक्ष रूपमा किसानसँग भेटघाट गरी उनीहरूको अवस्था, समस्या र आवश्यकताबारे जानकारी लिने तथा समाधानतर्फ पहल गरिनेछ । उक्त कार्यक्रम आगामी माघबाट नगरपालिकाका सबै वडामा सञ्चालन गरिने जनाइएको छ ।

    नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा कृषि र पशु सेवा शाखाका प्रमुखबीच बसेको बैठकले माघको पहिलो हप्तादेखि नियमित रूपमा किसानको घरदैलोमा सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।

    कार्यक्रममार्फत किसानले जनप्रतिनिधि तथा कृषि–पशु सेवा शाखाका कर्मचारीसँग प्रत्यक्ष भेट गरी आफ्ना सुझाव र समस्या राख्न पाउनेछन् । सङ्कलित राय–सुझावलाई आगामी वर्षको नीति तथा बजेटमा समेट्ने प्रयास गरिने नगरपालिकाले जनाएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनका अनुसार कार्यक्रममा नगरपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवाबारे जानकारी दिइनेछ भने उठेका जिज्ञासा र समस्यालाई यथाशक्य तत्काल समाधान गर्ने प्रयास गरिनेछ । कृषि विकास शाखा र पशु विकास शाखाबाट प्रदान गरिने सेवाको स्थलगत जानकारी तथा आवश्यक प्राविधिक सेवासमेत उपलब्ध गराइने उहाँँले बताउनुभयो ।

    नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । कृषि औजार, कृषि सामग्री, बीउबिजनमा ८० प्रतिशतसम्म अनुदान उपलब्ध गराउँदै आएको नगरपालिकाले जनाएको छ ।

    त्यसैगरी, पशुआहार व्यवस्थापनका लागि साइलेज व्यवस्था तथा दुग्ध उत्पादन गर्ने किसानलाई प्रोत्साहनस्वरूप प्रतिलिटर रु १० अनुदान प्रदान गर्दै आएको नगरपालिकाले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.