सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र


  •    न्युजभित्तो/२९ पुष २०८२, मंगलवार १३:१९ 
  • देवदह (रुपन्देही), २९ पुस । सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आउनुभएको छ ।  उहाँ बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आउनुभएको छ ।  

    रुपन्देहीको मर्चवारीमाई गाउँपालिका–७ स्थित श्री बगौली माध्यमिक विद्यालयमा अध्यापन गर्ने यादव शिक्षण पेसासँगै कृषि कर्मलाई आत्मसात् गर्दै ‘आत्मनिर्भर जीवन’ को उदाहरण बन्नुभएको छ । कार्यालय समयमा विद्यालय पुग्ने, कक्षाकोठामा ज्ञान बाँड्ने र फुर्सदको समय खेतबारीमा बिताउने उहाँको दैनिकीले ‘समय अभाव’ भन्ने बहानालाई पनि चुनौती दिएको छ । सार्वजनिक बिदाका दिन तथा बिहान–साँझ समयको सदुपयोग गर्दै कृषिबाट राम्रो आम्दानी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

    रुपन्देहीको कोटहीमाई गाउँपालिका–६ बोगडी बस्ने यादव युवा उमेरमा नै जिम्मेवार शिक्षक मात्र होइन, नयाँ सोच भएका मिहिनेती कृषकका रूपमा समेत चिनिन थाल्नुभएको छ । विद्यालय बाहेकको समयलाई उहाँले उत्पादनशील बनाउँदै आधुनिक र व्यावसायिक ढङ्गबाट कृषि पेसा अघि बढाउनुभएको छ ।

    यादवको कृषि यात्राले आज स्वदेशमा सम्भावना छैन भन्दै वैदेशिक रोजगारीमा गएका धेरै युवालाई नयाँ बाटो देखाएको छ । उहाँ भन्नुहुन्छ, “विदेश गएर अर्काको भूमिमा काम गर्नुभन्दा आफ्नै देशकै माटोमा पसिना बगाएर उत्पादनमा लाग्नु नै उपयुक्त लाग्छ । आफ्नै खेतमा फलफूल र तरकारी उत्पादन गरी स्वदेशमै मात्र होइन, विदेशसम्म पठाउन सकिन्छ । लाखौँ रकम खर्चेर विदेशिनुभन्दा त्यो रकम नेपालमै लगानी गरी कृषि पेसामा लागेर आफ्नै परिवारसँगै बस्न पाइन्छ र आम्दानी पनि राम्रो हुन्छ ।” उहाँले कृषि पेसामा प्रशस्तै सम्भावना रहेको बताउनुभयो । कृषिको आधुनिकरण र व्यावसायिकीकरणमा भने सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

    कृषि कार्यलाई सहज बनाउन उहाँले प्रयोग गर्नुभएको मिनी ९हाते० ट्याक्टर उहाँका लागि प्रविधि र श्रमको मिलन बनेको छ । केराखेती गोडमेल गर्न करिब रु १० हजार ज्याला खर्चिनुपर्नेमा मिनी ट्याक्टर प्रयोग गर्दा करिब रु ३०० बराबरको इन्धन खर्चमै काम सम्पन्न भएको उहाँ बताउनुहुन्छ । यसले समय र पैसाको दुवै बचत गरिदिएको यादवको भनाइ छ ।

    हाल यादवले करिब पाँच कट्ठामा काउली, आठ कट्ठामा टमाटर र करिब दुई बिघा क्षेत्रफलमा केराखेती गर्नुभएको छ । धनियाँ, साग, खुर्सानीजस्ता तरकारी पनि नियमित रुपमा उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो । कृषिबाट वार्षिक दुई लाख ५० हजार बढी आम्दानी हुने गरेको उहाँले बताउनुभयो । सरकारले कृषि क्षेत्रलाई विद्युतीकरण गर्न सके ‘अन्नभण्डार’ का रुपमा चिनिने मर्चवार क्षेत्रमा उत्पादन हुने सागसब्जी नेपालभरि मात्र नभई विदेशसम्म पनि निर्यात गर्न सकिने उहाँको विश्वास छ ।

    यद्यपि उहाँको कृषि यात्रामा चुनौती पनि उत्तिकै छन् । जङ्गली जनावरको आक्रमणले कृषकहरु मारमा पर्ने गरेको उहाँ बताउनुहुन्छ । यादव भन्नुहुन्छ, “समयमै बीउ र मल नपाउने, सिँचाइका लागि विद्युतीय पहुँच नहुनु र सरकारले अपेक्षित सहयोग दिन नसक्नु एउटा पीडा हो । लगाइएको तरकारीलाई नीलगाई, बँदेल, छाडा चौपाया तथा अन्य जङ्गली जनावरबाट जोगाउनु अर्को चुनौती छ ।”

    जनावरबाट बाली जोगाउन उहाँले ‘इलेक्ट्रिक फेन्सिङ’ प्रयोग गर्नुभएको छ, जसले केही हदसम्म राहत दिएको उहाँ बताउनुहुन्छ । साथै सामूहिक रूपमा खेतीपाती गर्दै नियमित हेरचाह र निगरानी गर्दा पनि जनावरबाट बाली जोगाउन सहयोग पुगेको उहाँ बताउनुहुन्छ ।

    कलम र कोदालो दुवै सम्हाल्दै अघि बढिरहनुभएका शिक्षक सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषि कर्मलाई सम्मानजनक र सम्भावनायुक्त पेसाका रूपमा परिभाषित गर्नुभएको छ । उहाँको जीवन यात्रा आजका युवाका लागि स्पष्ट सन्देश हो ‘सम्भावना विदेशमा मात्रै होइन, आफ्नै माटोमा पनि प्रशस्त छ ।’रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.