सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण


  •    न्युजभित्तो/२९ पुष २०८२, मंगलवार १२:४३ 
  • भोजपुर, २९ पुस । महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका महिलालाई व्यावसायिक तरकारी खेतीसम्बन्धी पाँचदिने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्दै महिलाको आयआर्जन बढाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको हो । 

    परम्परागत कृषि प्रणालीलाई व्यावसायिक र आधुनिक ढाँचामा रूपान्तरण गर्ने उद्देश्यले तालिम केन्द्रित गरिएको आयोजकले जनाएको छ । तालिममा सहभागी महिलालाई मौसमअनुसार उपयुक्त तरकारी छनोट, उन्नत खेती प्रविधि, प्लास्टिक टनेल निर्माण तथा टनेलभित्र तरकारी उत्पादन, जैविक मल तथा जैविक विषादी बनाउने तरिका, बीउ–बिजनको ब्याड तयारी, सिँचाइ व्यवस्थापन तथा रोग–किरा नियन्त्रणसम्बन्धी व्यावहारिक सीप प्रदान गरिएको छ ।

    वडाअध्यक्ष नरबहादुर राईका अनुसार महिलालाई सीपमूलक तालिममार्फत उद्यमसँग जोड्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो । उहाँले तालिममा सहभागी २५ जना महिलालाई आवश्यक बीउ–बिजनसँगै ८५ प्रतिशत अनुदानमा एक–एक थान प्लास्टिक टनेल वितरण गरिएको जानकारी दिनुभयो । “महिलालाई कृषि उद्यममा जोड्ने उद्देश्यले व्यावसायिक तरकारीखेती तालिम दिएका हौँ,” वडाअध्यक्ष राईले भन्नुभयो, “तालिमपछि महिलाले आफ्नै खेतबारीमा व्यावसायिक तरकारीखेती गरी नियमित आम्दानी लिन सक्नेछन् भन्ने हाम्रो विश्वास छ ।”

    तालिममा सहभागी महिलाले सिकेका सीप व्यवहारमा उतार्दै सामूहिक तथा व्यक्तिगत रूपमा व्यावसायिक तरकारीखेती गर्ने बताएका छन् । यसबाट बाहिरबाट आयात हुने तरकारीमा निर्भरता घटनाका साथै स्थानीय बजारमा ताजा र गुणस्तरीय तरकारीको आपूर्ति बढ्ने उनीहरुको भनाइ छ । 

    सहभागी महिलाहरूले आगामी दिनमा उत्पादन भएका तरकारीको बजारीकरण, निरन्तर प्राविधिक सहयोग तथा थप अनुदान कार्यक्रम आवश्यक रहेको बताएका छन् । यस्ता सीपमूलक तालिमले महिलाको आर्थिक सशक्तिकरणसँगै गाउँको समग्र आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । टेम्केमैयुङ गाउँपालिकाको महिला लक्षित कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको हो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.