सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण


  •    न्युजभित्तो/२९ पुष २०८२, मंगलवार १२:४१ 
  • कञ्चनपुर, २९ पुस । कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन संरक्षण र पर्यटन प्रवद्र्धनको सङ्गमस्थलका रूपमा विकास हुँदै गएको छ । वन संरक्षणलाई प्राथमिकतामा राख्दै यहाँ आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विभिन्न पूर्वाधार निर्माण र सौन्दर्यकरणका काम सञ्चालन भइरहेका छन् ।

    सामुदायिक वनको कार्यालय परिसर तथा वनभित्र रहेका प्राकृतिक तालहरूलाई रङ्गीबिरङ्गी झन्डाले सजाइएको छ । यसले हरियाली वनसँगै तालहरूको प्राकृतिक सौन्दर्य अझै आकर्षक बनेको छ ।

    सामुदायिक वनका अध्यक्ष गोपाल भारतीका अनुसार करिब तीन हजार छ सय मिटर क्षेत्र झन्डाले सजाइएको छ । “वन र ताल अवलोकन गर्न आउने पर्यटकको सहजताका लागि बस्न मिल्ने बेन्च तथा खरले छाएका ससना आश्रयस्थल निर्माण गरेका छौँ,” अध्यक्ष भारतीले भन्नुभयो, “त्रिकेश्वर महादेव तालको वरिपरि २० र झरना तालको वरिपरि १० आश्रयस्थल निर्माण गर्ने योजना छ ।”

    उहाँका अनुसार हालसम्म ११ आश्रयस्थल निर्माण सम्पन्न भइसकेका छन्भने २० बेन्च राखिएका छन् । थप ३० बेन्च निर्माण भइरहेको छ । सामुदायिक वनभित्र रहेका दुवै तालमा डुङ्गा सञ्चालनको तयारी गरिएको छ । “दुवै तालमा दुई–दुईवटा डुङ्गा सञ्चालन गर्ने तयारी गरेका छौँ,” अध्यक्ष भारतीले भन्नुभयो, “डुङ्गा माग गरिसकेका छौँ, यसबाट पर्यटकहरूले डुङ्गा सयर गर्दै प्राकृतिक आनन्द लिन सक्नेछन् ।”

    त्यसैगरी, बालबालिका, युवापुस्ता र वयस्कलाई लक्षित गर्दै सामुदायिक वनभित्र झुला राख्ने तयारी पनि भइरहेको छ । झुला खरिदका लागि विभिन्न सङ्घसंस्थासँग सहकार्य भइरहेको अध्यक्ष भारतीले जानकारी दिनुभयो । “लुम्बिनी विकास बैङ्कसँग सहकार्य गरेर तीनवटा झुला राख्ने योजना छ,” उहाँले भन्नुभयो ।

    सामुदायिक वनको कार्यालय परिसरमा गोलघर निर्माण भइसकेको छभने प्रवेशद्वार ९गेट० निर्माणको कार्य अगाडि बढाइएको छ । पिकनिक स्पट निर्माणको कामसमेत सुरु भइसकेको र माघ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको अध्यक्ष भारतीले बताउनुभयो ।

    पर्यटन प्रवद्र्धनसँगै वन संरक्षणका गतिविधि पनि निरन्तर रूपमा सञ्चालन भइरहेको सामुदायिक वनका उपाध्यक्ष प्रकाशनाथ योगीले बताउनुभयो । उहाँका अनुसार वनभित्र विभिन्न प्रजातिका बिरुवाको नर्सरी निर्माण गरिएको छ । “बाँसको नर्सरी निर्माण गरी बिरुवा रोपिसकेका छौँ भने विजयसाल र रक्तचन्दनको नर्सरी निर्माण भइरहेको छ,” उपाध्यक्ष योगीले भन्नुभयो ।

    सामुदायिक वनले उपभोक्तालाई आयआर्जनसँग जोड्ने उद्देश्यले विभिन्न कार्यक्रम पनि अघि सारेको छ । त्यसका लागि सालको टपरी तथा विजयसालका भाँडा बनाउने उपकरण समेत खरिद गरिएको छ ।  यसबाट स्थानीय उपभोक्ताको आम्दानी वृद्धि हुनाका साथै वन संरक्षणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

    वन संरक्षण र पर्यटन प्रवद्र्धनलाई सँगसँगै अघि बढाउँदै ग्वलाबारी सामुदायिक वनलाई आन्तरिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको सामुदायिक वन समितिले जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.