सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन


  •    न्युजभित्तो/२८ पुष २०८२, सोमबार १६:२७ 
  • महेन्द्रनगर, २८ पुस । पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका लागि चार हजार ५०० जनाले आवेदन दिएका छन् । प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा निर्वाचन प्रहरीका लागि आवेदन परेका जानकारी दिनुभयो ।

    प्रदेश प्रहरीका अनुसार कैलालीमा दुई हजार ९४ जना, कञ्चनपुरमा ८३४ तथा सबैसभन्दा कम डोटीमा १९० जनाले आवेदन दिएका छन् । आगामी माघ १ गतेसम्मका लागि आह्वान गरिएको निवेदन दर्ता आज पनि सुदूरपश्चिमभरिका जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलका गण तथा गुल्ममा जारी छ । निर्वाचन प्रहरीमा भूतपूर्व सुरक्षाकर्मी, युवा, महिलाको सहभागिता बढिरहेको प्रहरी उपरीक्षक मिश्रले बताउनुभयो । 

    “आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रीत सुरक्षा योजना तयारीमा प्रदेश प्रहरी कार्यालय जुटेको छ । प्रदेशस्तरीय कमाण्ड पोष्ट पनि स्थापनामा तयारी छ”, प्रहरी उपरीक्षक मिश्रले भन्नुभयो, “भयरहित वातावरणमा आसन्न निर्वाचन गराउन सुरक्षा संयन्त्रले आवश्यक गृहकार्य गरिरहेका छन् ।”

    प्रदेश निर्वाचन कार्यालय धनगढीले सुदूरपश्चिमका नौ वटै जिल्लामा नयाँ थपिएका मतदातासमेत गरेर कूल १७ लाख १६ हजार ६६० मतदाता रहेका जनाएको छ । सुदूरपश्चिममा प्रतिनिधिसभाका लागि १६ वटा निर्वाचन क्षेत्र छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.