सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लोप हुँदै थारु पोसाक


  •    न्युजभित्तो/२८ पुष २०८२, सोमबार १६:१४ 
  • तुलसीपुर (दाङ), २८ पुस । कुनै समय थारु समुदायका पुरुषले कछौटी, टेनिहा झुल्वा, पग्या लगाउथे भने विवाहित महिलाले डइनाहा, झूल्वा लगाउथे । अविवाहितले चोल्या, गोन्या लगाउथे । थारु समुदायले सधैँ लगाउने ती पोसाकले कला, संस्कृति र पहिचान झल्काउथ्यो । 

    अहिले थारु समुदायले त्यस्तो पोसाक लगाएको कमै देखिन्छ । कुनै कार्यक्रम वा पोसाकको सन्देश दिनका लागिबाहेक अन्य समयमा ती पोसाक लगाउने गरिँदैन ।

    पहिला पोसाकले पहिचान झल्काउने बताउँदै पछिल्लो समय पोसाक लगाउनेहरू कम हुँदै जाँदा थारु समुदायका र अन्य समुदायका व्यक्तिमा फरक छुट्याउन नसकिने तुलसीपुरस्थित नमूना भुह्यारथान दाङका अध्यक्ष रामशरण चौधरीले बताउनुभयो । “थारु समुदायका आफ्नै पहिचान छन् पहिरन छन् । हाम्रा पूर्खाले त्यस्ता पहिरन लगाउने गर्नुहुन्थ्यो”, उहाँले भन्नुभयो, “तर, अब त्यो हराउने अवस्थामा पुगेको छ ।” 

    अहिले बुढापाकाले ती पोसाक लगाउने गरे पनि नयाँ पुस्ताले खासै चासो नदिएका उहाँको भनाइ छ । यस्ता पोसाक संरक्षण गर्न विभिन्न कार्यक्रम हुँदै आए पनि औपचारिकमा मात्रै सीमित हुने गरेका उहाँले बताउनुभयो । 

    आधुनिक समाजसँग थारु समुदाय पनि घुलमिल हुँदा आफ्ना पहिचानको संरक्षणमा चासो नदिएका अध्यक्ष चौधरीले बताउनुभयो । “थारु समुदायको कार्यक्रममा केहीले मौलिक पोसाक लगाएको देखिन्छ”, उहाँले भन्नुभयो, “त्यो बाहेक अन्य समयमा लगाएको पाइँदैन ।” अहिले थारु समुदायको पोसाक देख्दा आफ्नै समुदायका व्यक्तिले अनौठो मान्ने अवस्था आइसकेको उहाँको भनाइ छ ।

    स्थानीय सरकार तथा सरोकार भएका निकायले थारुलगायत विभिन्न जातजातिका मौलिक कला, संस्कृति, पोसाक, परम्परा संरक्षण र प्रवर्द्धनसँगै पुस्तान्तरणमा जोड दिनुपर्ने अध्यक्ष चौधरीले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.