सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु


  •    न्युजभित्तो/२८ पुष २०८२, सोमबार १६:११ 
  • काठमाडौँ, २८ पुस । काठमाडौँ महानगरपालिका–१३ गौरीगाउँस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक रामेछाप नगरपालिका–५ घर भई हाल काठमाडौँ जोरपाटी बस्ने २८ वर्षीय लोकबहादुर सुनारको मृत्यु भएको काठमाडौँ उपत्यक ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “बा ७१ प ५८८९ नं को मोटरसाइकल बा ४ ख २८९८ नं को टिपरमा ठक्कर खाई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक सुनार गम्भीर घाइते भएका थिए । उहाँको केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।” 

    उक्त दुर्घटनामा परी घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको जनाउँदै टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता सुवेदीले बताउनुभयो ।

    रानीबारीबाट अवैध लागुऔषधसहित तीन जना पक्राउ

    प्रहरीले काठमाडौँ महानगरपालिका–३ रानीबारीबाट अवैध लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

    सप्तरीका ३३ वर्षीय सुन्दर मुखिया, सप्तरीकै ३३ वर्षीय सुरेशकुमार ठाकुर र भारत घर भई हाल काठमाडौँ कलङ्की बस्ने २५ वर्षीय पिण्डुकुमार जादवलाई पक्रउ गरी सार्वजनिक केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले निजहरूको साथबाट चार ग्राम ३३० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरादम गरेको छ ।” पछिल्लो समय काठमाडौँमा अवैध लागुऔषधको कारोबार तथा सेवनकर्ता बढ्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएको उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा
    माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
    माडी जाने सडकको झाडी सफाइ गरिँदै
    • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु
    • सुनको मूल्य तोलामा चार हजार आठ सयले वृद्धि
    • सुशासनका लागि राजनीतिक नेतृत्वमा जवाफदेहिता आवश्यक
    • करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.