सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’


  •    न्युजभित्तो/२८ पुष २०८२, सोमबार १२:५६ 
  • महेन्द्रनगर (धनुषा), २८ पुस । मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले निजी विद्यालयले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ ।

    धनुषा प्याब्सनको दोस्रो जिल्ला परिषद् भेलालाई आज सम्बोधन गर्दै उहाँले शिक्षा गुणस्तर अभिवृद्धिका लागि सरकारी तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । सभामुख यादवले शिक्षा क्षेत्रलाई राजनीतिक प्रभावबाट टाढा राखी नीति र व्यवहारबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

    उहाँले निजी तथा संस्थागत विद्यालयले अनुशासन, गुणस्तर र प्रविधिमैत्री शिक्षामा पु¥याएको योगदानको प्रशंसा गर्दै समावेशी तथा सबैको पहुँचमा शिक्षा पु¥याउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    प्याब्सन धनुषाका पदाधिकारीले जिल्लामा शिक्षा क्षेत्रमा देखिएका समस्या, चुनौती र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए । परिषद् भेलाले सङ्गठन सुदृढीकरण तथा भावी कार्यक्रमसम्बन्धी विभिन्न प्रस्ताव पारित गरेको जनाइएको छ । भेलामा शिक्षक, विद्यालय सञ्चालक तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

    धनुषा प्याब्सनका अध्यक्ष नवल यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सन्त कबिर बाल आश्रमका संस्थापक समाजसेवी सन्त सत्यनारायण आलोक, प्याब्सनका प्रदेश सचिव विष्णु न्यौपाने, शिक्षा समन्वय समिति धनुषाका अध्यक्ष चेतनाथ पोखरेल, विश्वलाल सिंह, डिजे चौधरीलगायत वक्ताहरूले निजी व्यावसायिक विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिमा खेलेको भूमिकाबारे आआफ्ना विचार व्यक्त गर्नुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धिमा महासङ्घको भूमिका प्रशंसनीय : मन्त्री तामाङ
    समाजसेवी ढकालको नेतृत्वमा भोटेकोशी बाढी प्रभावित ८५ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
    दशौँ राष्ट्रिय खेलकुदमा बागमतीको उपाधि लक्ष्य, खेलाडीलाई मैदानमै पुगेर मन्त्री तामाङको हौसला
    • २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    • मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    • गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.