सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुग्लिन–आँबुखैरेनीको समानान्तर सडक रेखाङ्कन स्वीकृत


  •    न्युजभित्तो/२८ पुष २०८२, सोमबार १२:५४ 
  • डुम्रे (तनहुँ),२८ पुस । गण्डकी प्रदेशको मुख्य प्रवेशद्वार पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारको काम भइरहेको छ । मुग्लिन–पोखराको पूर्वीखण्डअन्तर्गत आँबुखैरेनी–मुग्लिन खण्डमा समानान्तर सडक निर्माणका लागि रेखाङ्कन स्वीकृत भएको हो ।

    सरकारले मुग्लिन–पोखरा सडकअन्तर्गत आँबुखैरेनी–मुग्लिन खण्डमा त्रिशूली नदीको पारिपट्टी समानान्तर नयाँ सडक खोल्ने स्वीकृति दिएको आयोजना निर्देशनालयका आयोजना निर्देशक चुडाराज ढकालले जानकारी दिनुभयो । “मुग्लिनबाट आँबुखैरेनीसम्म हालको राजमार्गको आधारमा समानान्तर सडक बन्ने भएको हो । मुग्लिन बजारको पारिपट्टी त्रिशूली किनारमा गोर्खातर्फ सडकको रेखाङ्कन गरिएको सूचना राजपत्रमा प्रकाशित भइसकेको छ”, उहाँले भन्नुभयो ।

    मुग्लिन बजारको पारिपट्टी गोर्खातर्फका त्रिशूली किनारबाट मर्स्याङ्दी नदीको बायाँ किनार हुँदै मर्स्याङ्दी विद्युत् गृहको पारिपट्टीसम्म नयाँ सडकको रेखाङ्कन गरी उक्त सडकको केन्द्ररेखाबाट दायाँबायाँ दुवैतिर १५–१५ मिटरका लागि सडकको सीमा तोक्ने निर्णय गरिएको छ”, निर्देशक ढकालले भन्नुभयो । मुग्लिन र मस्र्याङ्दी विद्युत् गृह कटेसँगै पुल निर्माण हुने उहाँको भनाइ छ ।

    अहिले भइरहेको सडकलाई विस्तार गर्न प्राविधिक समस्या रहेकाले मस्र्याङ्दी र त्रिशूली नदीमाथि दुई वटा पुल निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । “मुग्लिन–आँबुखैरेनी सडकखण्डअन्तर्गत कूल नौ दशमलव ३८४ किलोमिटरमध्ये मर्स्याङ्दी नदी पारि चार दशमलव ४५६ किमी नयाँ सडक निर्माण हुनेछ”, ढकालले भन्नुभयो, “सडक निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन पूरा गरिसकिएको छ । यो आयोजनाको सुरुवात मुग्लिनस्थित नारायणगढ चोकमा पर्छ । यहाँबाट सुरु भई तनहुँको आँबुखैरेनीमा पुगेर सम्पन्न हुन्छ ।”

    एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा गोर्खातर्फ करिब पाँच किमी सडक निर्माण हुनेछ । मस्र्याङ्दी वारिपारि दुई–दुई लेनका सडक निर्माण हुनेछन् । “यो मुग्लिन–पोखरा सडकखण्डको एक खण्ड हो । आँबुखैरेनीबाट पोखरासम्म अहिले धमाधम सडक विस्तारको काम भइरहेको छ”, निर्देशक ढकालले भन्नुभयो ।

    आयोजनाका अनुसार अहिले सञ्चालन भइरहेको मुग्लिन–आँबुखैरेनी सडकलाई स्तरोन्नति गरी एक लेन (एकतर्फी) बनाइनेछ । मर्स्याङ्दी पारि भने दुई लेन एकतर्फी बाटो बनाइने आयोजना कार्यालयले जनाएको छ । त्रिशूली नदी र मर्स्याङ्दी नदी गरी दुई स्थानमा बन्ने पुलले यो आयोजनालाई जोड्ने ढकालले जानकारी दिनुभयो । 

    यो आयोजनाले गोर्खाको सहिदलखन गाउँपालिकालाई पनि छुनेछ । निर्देशक ढकालका अनुसार आयोजनाको कूल लागत रु तीन अर्ब ९७ करोड ४७ लाख २१ हजार रहेको छ । पृथ्वीराजमार्गमा रहेको मर्स्याङ्दी जलविद्युत् आयोजनाको कम्पोनेन्टका कारण साविकको सडक विस्तार गर्न सम्भव नभएपछि यो आयोजनाका लागि मर्स्याङ्दी पारी नयाँ लेन बनाउन लागिएको आयोजनाले जनाएको छ । 

    साविकको सडकमा अस्तव्यस्त भिरालो जमिन हुनुका साथै गोर्खातर्फको भागमा सडक बनाउँदा जलविद्युत् आयोजनाका कुनै पनि भागमा क्षति नहुने भएकाले नयाँ सडक बनाउन लागिएको आयोजनाको भनाइ छ । यसले गोर्खातर्फको ग्रामीण बस्तीलाई सहरमा परिणत गर्ने र त्यसले यातायात सुविधा, स्थानीय बजार–पसल र लघु उद्यममा सहयोग पुग्ने आयोजनाको प्रतिवेदनमा उल्लेख छ ।

    मुग्लिनमा त्रिशूली नदीमाथि १२० मिटर लामो पुल र मर्स्याङ्दी नदीमाथि १२५ मिटर लामो पुलले साविकको मुग्लिङबाट आँबुखैरेनी सडकलाई जोड्नेछ । सरकारले विसं २०७५ मर्स्याङ्दी नदीको बायाँ किनारमा दुई लेनको सडक निर्माणको रेखाङ्कन स्वीकृत गरेको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धिमा महासङ्घको भूमिका प्रशंसनीय : मन्त्री तामाङ
    समाजसेवी ढकालको नेतृत्वमा भोटेकोशी बाढी प्रभावित ८५ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
    दशौँ राष्ट्रिय खेलकुदमा बागमतीको उपाधि लक्ष्य, खेलाडीलाई मैदानमै पुगेर मन्त्री तामाङको हौसला
    • २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    • मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    • गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.