सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’


  •    न्युजभित्तो/२८ पुष २०८२, सोमबार १२:५० 
  • भोजपुर, २८ पुस । न्यून शुल्कमा अङ्ग्रे्रेजी माध्यमबाट शिक्षण गराउँदै आएको भोजपुर नगरपालिका–७ स्थित समता स्कुलप्रति अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । महँगा निजी विद्यालयको शुल्क भार थेग्न नसक्ने अभिभावकका लागि यो विद्यालय व्यवहारिक विकल्पका रूपमा स्थापित हुँदै गएको हो ।

    प्रारम्भमा प्रतिमहिना रु १०० शुल्कमा अङ्ग्रेजी माध्यमको शिक्षा प्रदान गर्ने उद्देश्यसहित स्थापना गरिएको यस विद्यालयले कोभिड–१९ महामारीपछि सञ्चालन खर्च धान्न कठिन भएपछि शुल्कमा सामान्य वृद्धि गरेको जनाएको छ । हाल सबै कक्षाका विद्यार्थीबाट प्रतिमहिना रु ७०० शुल्क लिइँदै आएको विद्यालयका प्रधानाध्यापक मुना पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार सबै कक्षामा समान शुल्क व्यवस्था गरिएको छ ।

    “समता स्कुलले सुरुमा रु १०० मै शिक्षा प्रदान गर्दै आएको थियो”, प्रधानाध्यापक पाण्डेले भन्नुभयो, “कोभिडपछि संस्थापक तहबाट आवश्यक बजेट व्यवस्थापन हुन नसक्ने अवस्था आएपछि सामान्य शुल्क लिएर विद्यालय सञ्चालन गर्नुपरेको हो ।”

    ‘सबैका लागि शिक्षा’ भन्ने नारासहित विसं २०७५ मा ७५ विद्यार्थी र आठ शिक्षक–कर्मचारीबाट सञ्चालन गरिएको यस विद्यालयमा हाल ३४३ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा ८ सम्म पढाइ हुँदै आएको छ । आगामी नयाँ शैक्षिक सत्रदेखि कक्षा ९ सञ्चालन गर्ने तयारी भइरहेको विद्यालयले जनाएको छ ।

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुमन प्रधानका अनुसार समता स्कुलले सुलभ शुल्कमा गुणस्तरीय अङ्ग्रे्रेजी माध्यमको शिक्षा प्रदान गर्दै आएको छ । विद्यार्थीको चाप बढ्दै गएपछि प्रवेश परीक्षामार्फत भर्ना लिने व्यवस्था गरिएको उहाँले बताउनुभयो । हाल विद्यालय १२ रोपनी जग्गा भाडामा लिएर सञ्चालन भइरहेको छ ।

    “समता स्कुलप्रति विद्यार्थीको आकर्षण निरन्तर बढिरहेको छ”, अध्यक्ष प्रधानले भन्नुभयो, “विद्यार्थी सङ्ख्या बढेसँगै प्रवेश परीक्षा प्रणाली लागू गरेका हौँ, हामी नाफारहित नीतिअनुसार विद्यालय सञ्चालन गरिरहेका छौँ ।” सरकारी विद्यालयको खस्कदो शैक्षिक गुणस्तर र निजी विद्यालयको महँगो शुल्कका कारण समता विद्यालयप्रति आकर्षण बढेको उहाँको भनाइ छ । विद्यालयले जेहेन्दार, गरिब तथा विपन्न, दलित र अल्पसङ्ख्यक समुदायका बालबालिकालाई लक्षित गरी छात्रवृत्तिको व्यवस्थासमेत गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा
    माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
    माडी जाने सडकको झाडी सफाइ गरिँदै
    • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु
    • सुनको मूल्य तोलामा चार हजार आठ सयले वृद्धि
    • सुशासनका लागि राजनीतिक नेतृत्वमा जवाफदेहिता आवश्यक
    • करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.