सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुदूरपश्चिममा दूधको उपलब्धता बढ्दै

  •    न्युजभित्तो/२७ पुष २०८२, आईतवार १६:३० 
  • सुदूरपश्चिम, २७ पुस । सुदूरपश्चिम प्रदेशमा दूधको उपलब्धता बढेर प्रतिव्यक्ति वार्षिक १२० देखि १३० लिटरसम्म पुगेको छ । दूध उत्पादनमा व्यवसायीकरण भएसँगै यसको उपलब्धता बढेको हो । करिब डेढ दशक अघिसम्म दूधको उपलब्धता योभन्दा कम थियो ।

    भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शङ्कर साहले भन्नुभयो, “पहिले घरायसी प्रयोजनका लागि मात्रै दूध उत्पादन हुँदै आएको थियो, पछिल्ला वर्षमा व्यावसायिक रूपमा उत्पादन भइरहँदा उपलब्धता दर पनि बढेको हो ।” उहाँका अनुसार प्रदेशमा करिब ६० देखि ७० हजार किसान दूध उत्पादनमा संलग्न रहेकामा यो व्यवसायबाट १० देखि १२ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।

    प्रदेशका सबै नौ जिल्लामा गरी १० लाख गाई र पाँच लाख भैँसीपालन भइरहेको मन्त्रालयले जनाएको छ । पालिएका गाईभैँसीबाट वार्षिक तीन लाख ५५ हजार मेट्रिकटन दूध उत्पादन भइरहेको सचिव साहले जानकारी दिनुभयो ।

    नेपालमा प्रतिव्यक्ति वार्षिक ९२ लिटर दूध उपलब्धता हुनुपर्ने मानसिक रहेपनि देशको औसत उपलब्धता ९० लिटर मात्र रहेको मन्त्रालयका सचिव साहले बताउनुभयो । “प्रदेश दूधको उपभोगमा पनि आगाडि छ । यहाँ दूधको उपभोगमा आगाडि देखिनुमा घरेलु उपभोग प्रमुख हो । अधिकांश परिवारमा दूधबाट घरमै घ्यू, दही, मोही र अन्य परिकार बनाउने चलन छ”, उहाँले भन्नुभयो ।

    यहाँको दूध र दुग्ध परिकारलाई ‘ब्रान्डिङ’ गरेर बजारमा लैजान सकिएमा सुदूरपश्चिमले दुग्धजन्य उत्पादनका लागि पहिचान बनाउन सक्ने कृषि प्राविधिकको भनाइ छ । घ्यू, दही, छुर्पी, पनिरलगायत परिकारलाई स्थानीय स्वाद र संस्कृतिसँग जोडेर प्रवर्द्धन गर्न सकिएमा प्रदेशको आर्थिक रुपान्तरणमा टेवा पुग्ने मन्त्रालयका सचिव साहले विश्वास व्यक्त गर्नुभयो ।

    प्रदेशलाई परम्परागत रूपमा कृषि र पशुपालनमा निर्भर क्षेत्रका रूपमा लिने गरिएको बताउँदै उहाँले पहाडी भूगोल, ग्रामीण जीवनशैली र परम्परागत खाद्य संस्कृतिले यहाँको दुग्ध उत्पादनलाई देशका अन्य प्रदेशभन्दा फरक र विशिष्ट बनाएको उल्लेख गर्नुभयो ।

    भौगोलिक कठिनाइ, सीमित पूर्वाधार र बजार पहुँचको समस्या हुँदाहुँदै पनि यो उत्पादन परिमाणलाई प्रदेशको ठूलो उपलब्धि मानिएको नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष कर्णबहादुर हमालले बताउनुभयो । दूध उत्पादन पहिलेभन्दा बढ्दै गए पनि व्यवस्थित बजारीकरणमा समस्या रहेको उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, “प्रदेशभरि ३३ वटा डेरी उद्योग सञ्चालनमा आइसकेका छन्, उत्पादित केही परिमाणको दूध पूर्व चितवन र भक्तपुरसम्म पुग्ने गरेको छ ।” दूध प्रशोधन उद्योग, पाउडर प्लान्ट, चिस्यान प्रविधि (कोल्ड चेन) नहुनु, सहज ढुवानीको समस्या, मूल्य निर्धारणको अस्पष्टतालगायत कारणले सहज व्यवस्थापनमा समस्या हुँदै आएको हमालले बताउनुभयो । रासस

    सुदूरपश्चिम, २७ पुस । सुदूरपश्चिम प्रदेशमा दूधको उपलब्धता बढेर प्रतिव्यक्ति वार्षिक १२० देखि १३० लिटरसम्म पुगेको छ । दूध उत्पादनमा व्यवसायीकरण भएसँगै यसको उपलब्धता बढेको हो । करिब डेढ दशक अघिसम्म दूधको उपलब्धता योभन्दा कम थियो ।
    भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शङ्कर साहले भन्नुभयो, “पहिले घरायसी प्रयोजनका लागि मात्रै दूध उत्पादन हुँदै आएको थियो, पछिल्ला वर्षमा व्यावसायिक रूपमा उत्पादन भइरहँदा उपलब्धता दर पनि बढेको हो ।” उहाँका अनुसार प्रदेशमा करिब ६० देखि ७० हजार किसान दूध उत्पादनमा संलग्न रहेकामा यो व्यवसायबाट १० देखि १२ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । 
    प्रदेशका सबै नौ जिल्लामा गरी १० लाख गाई र पाँच लाख भैँसीपालन भइरहेको मन्त्रालयले जनाएको छ । पालिएका गाईभैँसीबाट वार्षिक तीन लाख ५५ हजार मेट्रिकटन दूध उत्पादन भइरहेको सचिव साहले जानकारी दिनुभयो ।
    नेपालमा प्रतिव्यक्ति वार्षिक ९२ लिटर दूध उपलब्धता हुनुपर्ने मानसिक रहेपनि देशको औसत उपलब्धता ९० लिटर मात्र रहेको मन्त्रालयका सचिव साहले बताउनुभयो । “प्रदेश दूधको उपभोगमा पनि आगाडि छ । यहाँ दूधको उपभोगमा आगाडि देखिनुमा घरेलु उपभोग प्रमुख हो । अधिकांश परिवारमा दूधबाट घरमै घ्यू, दही, मोही र अन्य परिकार बनाउने चलन छ”, उहाँले भन्नुभयो ।
    यहाँको दूध र दुग्ध परिकारलाई ‘ब्रान्डिङ’ गरेर बजारमा लैजान सकिएमा सुदूरपश्चिमले दुग्धजन्य उत्पादनका लागि पहिचान बनाउन सक्ने कृषि प्राविधिकको भनाइ छ । घ्यू, दही, छुर्पी, पनिरलगायत परिकारलाई स्थानीय स्वाद र संस्कृतिसँग जोडेर प्रवर्द्धन गर्न सकिएमा प्रदेशको आर्थिक रुपान्तरणमा टेवा पुग्ने मन्त्रालयका सचिव साहले विश्वास व्यक्त गर्नुभयो ।
    प्रदेशलाई परम्परागत रूपमा कृषि र पशुपालनमा निर्भर क्षेत्रका रूपमा लिने गरिएको बताउँदै उहाँले पहाडी भूगोल, ग्रामीण जीवनशैली र परम्परागत खाद्य संस्कृतिले यहाँको दुग्ध उत्पादनलाई देशका अन्य प्रदेशभन्दा फरक र विशिष्ट बनाएको उल्लेख गर्नुभयो ।
    भौगोलिक कठिनाइ, सीमित पूर्वाधार र बजार पहुँचको समस्या हुँदाहुँदै पनि यो उत्पादन परिमाणलाई प्रदेशको ठूलो उपलब्धि मानिएको नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष कर्णबहादुर हमालले बताउनुभयो । दूध उत्पादन पहिलेभन्दा बढ्दै गए पनि व्यवस्थित बजारीकरणमा समस्या रहेको उहाँको भनाइ छ ।
    उहाँले भन्नुभयो, “प्रदेशभरि ३३ वटा डेरी उद्योग सञ्चालनमा आइसकेका छन्, उत्पादित केही परिमाणको दूध पूर्व चितवन र भक्तपुरसम्म पुग्ने गरेको छ ।” दूध प्रशोधन उद्योग, पाउडर प्लान्ट, चिस्यान प्रविधि (कोल्ड चेन) नहुनु, सहज ढुवानीको समस्या, मूल्य निर्धारणको अस्पष्टतालगायत कारणले सहज व्यवस्थापनमा समस्या हुँदै आएको हमालले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
    सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा
    • माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
    • माडी जाने सडकको झाडी सफाइ गरिँदै
    • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु
    • सुनको मूल्य तोलामा चार हजार आठ सयले वृद्धि

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी

    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.