सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनकपुरधाममा मागअनुसार खानेपानी आपूर्ति छैन


  •    न्युजभित्तो/२७ पुष २०८२, आईतवार १२:४६ 
  • जनकपुरधाम, २७ पुस । खानेपानी संस्थान जनकपुरधामको कार्यालयले नगरभित्र मागअनुसार खानेपानी वितरण तथा आपूर्ति गर्न सकेको छैन । यसबाट उपभोक्ता समस्यामा परेका छन् ।

    संस्थानले दैनिक करिब ३५ लाख लिटर खानेपानी आपूर्ति गर्दै आएको छ । कार्यालयकोे आफ्नो पाइप लाइनमार्फत वितरण गर्ने खानेपानीबाट जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानीको पहुँचबाट बाहिर छन् । जनकपुरधाम नगरक्षेत्रमा दैनिक दुर्ई करोड ५० लाख लिटर पानीको माग छ । कार्यालयले अहिले २० प्रतिशत घरमा मात्र पाइपमार्फत खानेपानी आपूर्ति गर्दै आएको कार्यालय प्रमुख विष्णुदेव साहले बताउनुभयो ।

    राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार जनकपुरधाममा ४० हजार ४०९ परिवार रहेकामा करिब पाँच हजार घरमा खानेपानीको मिटर जडान गरिएको छ । जडान गरिएकामध्ये ४० प्रतिशत जति घरमा आंशिक रूपमा मात्र पानी आउने गरेको छ । जनकपुरधाममा घरपरिवारको सङ्ख्या पनि बढ्दै गएको छ ।

    अहिले कार्यालयले वडा नं १० तथा रामानन्द चोकमा निर्माण भएको चार लाख ५० हजार लिटर क्षमताको दुईवटा ओभरहेड ट्याङ्कीमा ६ वटा डिपबोरिङबाट सङ्कलित भूमिगत पानीलाई प्रशोधन गरी वितरण गरिरहेको कार्यालय प्रमुख साहले बताउनुभयो । तर ३४ वर्ष पुरानो वितरण प्रणालीका कारण विभिन्न स्थानमा पाइप फुटेका, चर्केका तथा जीर्ण भएकाले पानी वितरणमा समस्या हुने गरेको उहाँको भनाइ छ ।

    “सीमित बजेटका कारण पुरानो तथा जीर्ण पाइपबाट सबै वडामा खानेपानी आपूर्ति गर्न समस्या भएको छ”, प्रमुख साहले भन्नुभयो । जीर्ण पाइपका कारण ५० प्रतिशतमात्र नियमित रूपमा पानी आपूर्ति हुने गरेको छ । सो कार्यालयले गत आर्थिक वर्षमा कार्यालय हाताभित्र रु एक करोड ३० लाख मूल्यबराबरको लागतमा थप पाँच लाख लिटर क्षमताको ट्याङ्की र रु चार करोडभन्दा बढीको लागतमा मुजेलिया प्रहरी चौकीदेखि वडा नं ८ स्थित होटल सियाशरणसम्म ६ लेन सडक किनारमा सात किलोमिटर लामो सडकको दायँबायाँ आठ–आठ इन्चको पाइप बिछ्याउने कार्य गरेको छ ।

    सीमित स्रोत र साधनका बाबजुद त्यहाँबाट पाँच लाख लिटर पानी भण्डारण हुने तथा धारा जडान हुने कार्य भइरहेको कार्यालय प्रमुख साहले बताउनुभयो । पटकपटक विद्युत् आपूर्ति बन्द हुँदा पानी वितरणमा समस्या हुने गरेको कर्मचारीको गुनासो छ । यहाँ अधिकांश घरमा चापाकल तथा मोटर जडान गरेर खानेपानीको समाधानको प्रयास भइरहको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
    सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा
    • माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
    • माडी जाने सडकको झाडी सफाइ गरिँदै
    • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु
    • सुनको मूल्य तोलामा चार हजार आठ सयले वृद्धि

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.