सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

किसानलाई सुन्तलाजन्य परिकार बनाउने तालिम


  •    न्युजभित्तो/२७ पुष २०८२, आईतवार १२:३७ 
  • भोजपुर, २७ पुस । षडानन्द नगरपालिकामा सुन्तलाखेतीमा संलग्न किसानलाई उत्पादनसँगै प्रशोधन र बजारीकरणतर्फ उन्मुख गराउने उद्देश्यले सुन्तलाजन्य परिकार बनाउने तालिम दिइएको छ । सुन्तलाको जुस, अचारलगायत विभिन्न परिकार तयार गरेर किसानको आम्दानी वृद्धि गर्ने लक्ष्यसहित तालिम सञ्चालन गरिएको हो ।

    तालिम सुन्तलाको बढी उत्पादन हुने षडानन्द नगरपालिका–१० स्थित पुनर्जागरण समूहमा आबद्ध किसानलाई लक्षित गरी सञ्चालन गरिएको हो । तालिममा सहभागी किसानलाई सुन्तलाको जुस, अचारलगायत परिकार बनाउने व्यावहारिक अभ्यास गराइएको छभने प्याकेजिङ, लेबलिङ र भण्डारणसम्बन्धी आधारभूत जानकारी पनि प्रदान गरिएको छ ।

    तालिमका क्रममा किसानले उत्पादनसँगै बजार सुनिश्चिततामा समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन् । प्रशोधित सामग्रीको बजारीकरण, मूल्य निर्धारण र ब्रान्डिङमा स्थानीय तहले थप सहयोग गर्नुपर्ने किसानको माग छ । स्थानीयस्तरमा उत्पादन हुने सुन्तलाको सही सदुपयोग गर्दै त्यसलाई आर्थिक उपार्जनसँग जोड्ने दीर्घकालीन सोचअनुसार नगरपालिकाले यस्ता कार्यक्रम अघि बढाइरहेको षडानन्द नगरपालिका उपप्रमुख प्रमिला राईले बताउनुभयो । उहाँका अनुसार सुन्तलाको दानामात्र बिक्री गरिरहेका किसानलाई प्रशोधन सीप सिकाएर बजारसम्म जोड्ने प्रयास भइरहेको छ ।

    “सुन्तलाबाट राम्रो आम्दानी लिनसक्ने वातावरण निर्माण गर्नु नगरपालिकाको प्राथमिकता हो”, उपप्रमुख राईले भन्नुभयो, “त्यसका लागि उत्पादन, प्रशोधन र बजारीकरणलाई एउटै शृङ्खलामा जोड्ने काम गरिरहेका छौँ । किसानलाई आवश्यक प्रोत्साहनसँगै सीप विकासका कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।”

    नगरपालिकाले सुन्तलाखेती विस्तार गर्न उन्नत जातका सुन्तलाका बिरुवा वितरण गर्नुका साथै रोग–कीरा नियन्त्रणका लागि प्राविधिक टोली किसानका बगानमै पुगेर आवश्यक परामर्श र सहयोग गर्दै आएको जनाएको छ । यसले किसानको उत्पादन वृद्धि हुनुका साथै गुणस्तरमा पनि सुधार आउने नगरपालिकाले अपेक्षा लिएको छ ।

    प्रधानमन्त्री कृषि आधुनिक परियोजनामार्फत सुन्तला प्रशोधनका लागि आवश्यक मेसिनसमेत वितरण गरिएको नगरपालिकाले जनाएको छ । यसले परिकार उत्पादनलाई सहज बनाउने र व्यावसायिक रूपमा अघि बढ्न किसानलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    हाल षडानन्द नगरपालिका–२, ६, ८, १०, ११ र १२ वडामा सुन्तला उत्पादन बढी हुने गरेको छ । नगरपालिकाले यी क्षेत्रलाई सुन्तला उत्पादनका सम्भावित ‘पकेट क्षेत्र’का रूपमा विकास गर्दै किसानको आयस्तर सुधार गर्ने योजना अघि सारेको छ । स्थानीय उत्पादनलाई मूल्य अभिवृद्धिसहित बजारसम्म पुर्याउने यस्ता तालिमले किसानलाई आत्मनिर्भर बनाउने र नगरपालिकाको आर्थिक गतिविधि विस्तारमा समेत टेवा पुग्ने विश्वास लिइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
    सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा
    • माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
    • माडी जाने सडकको झाडी सफाइ गरिँदै
    • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु
    • सुनको मूल्य तोलामा चार हजार आठ सयले वृद्धि

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.