सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मणिमुकुन्देश्वर नक्षत्र वाटिका उपेक्षामा


  •    न्युजभित्तो/२७ पुष २०८२, आईतवार १२:३५ 
  • दमौली (तनहुँ), २७ पुस । देवघाट क्षेत्र विकास समितिको स्वामित्वमा रहेको मणिमुकुन्देश्वर चक्रवर्ती आश्रम धार्मिक वनभित्र निर्माण गरिएको नक्षेत्र वाटिका हाल संरक्षण अभावका कारण अत्यन्तै नाजुक अवस्थामा पुगेको छ । धार्मिक, सांस्कृतिक तथा वातावरणीय दृष्टिले महत्त्वपूर्ण मानिने यो वाटिका उचित व्यवस्थापन नहुँदा दिनानुदिन उजाड बन्दै गएको हो ।

    शम्भु तपो धार्मिक वनअन्तर्गत करिब साढे दुई रोपनी क्षेत्रफलमा निर्माण गरिएको नक्षेत्र वाटिकामा प्रारम्भिक चरणमा धार्मिक महत्व बोकेका तथा औषधीय गुण भएका विभिन्न प्रजातिका बोटबिरुवा रोपिएका थिए । तुलसी, श्रीखण्ड, बेल, बरपिपल, पारिजात, अमला, हर्रोबर्रो, आँप, डुम्री, टुनी, सिसौ, टाकीलगायत बोटबिरुवाले वाटिकालाई धार्मिक तीर्थस्थलको गरिमा झल्काउने उद्देश्य राखिएको थियो ।

    तर समयसँगै उचित संरक्षण, नियमित स्याहारसम्भार र व्यवस्थापन नहुँदा वाटिकाको अवस्था दयनीय बन्दै गएको छ । हाल धेरै बिरुवा सुकिसकेका छन्भने बाँकी जीवित रहेका बोटबिरुवा झाडी र काँडाले घेरेका छन् । बोटबिरुवाको संरक्षणका लागि निर्माण गरिएको बारघेर जीर्ण अवस्थामा पुगेको छ, जसका कारण चौपायाको प्रवेश तथा अन्य क्षतिको जोखिम बढेको स्थानीय बताउँछन् ।

    स्थानीयवासीका अनुसार वाटिका निर्माणको सुरुआती चरणमा आकर्षक, चिटिक्क र व्यवस्थित देखिन्थ्यो । तर निर्माणकार्य सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरेपछि संरक्षण र रेखदेखमा निरन्तरता नदिँदा समस्या उत्पन्न भएको हो । मल, पानी, जाल, नियमित गोडमेल तथा आवश्यक स्याहार नपाउँदा वाटिका पूरै उजाड बन्ने अवस्थामा पुगेको छ ।

    डिभिजन वन कार्यालयका वन अधिकृत राजकुमार श्रेष्ठले वाटिका निर्माणपछि संरक्षणमा कमजोरी हुनु साझा समस्या रहेको बताउनुभयो । उहाँका अनुसार निर्माण सम्पन्न भएपछि दीर्घकालीन संरक्षण र व्यवस्थापनको स्पष्ट जिम्मेवारी तोक्न नसक्दा यस्तो अवस्था आएको हो । समुदाय, आश्रम र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँको भनाइ छ ।

    वन अधिकृत श्रेष्ठका अनुसार हाल सम्बन्धित समितिले वाटिकाको संरक्षण तथा व्यवस्थापनका लागि आवश्यक कार्ययोजना स्वीकृतिका लागि पेस गरिएको छ । चालु आर्थिक वर्षमा कार्यक्रम तथा बजेट स्वीकृत भए डिभिजन वन कार्यालयबाट प्राविधिक तथा आवश्यक सहयोग उपलब्ध गराइने उहाँले स्पष्ट पार्नुभयो ।

    मुख्यतः मणिमुकुन्देश्वर चक्रवर्ती आश्रम धार्मिक वन र सम्बन्धित समितिमाथि वाटिकाको संरक्षण, रेखदेख र दीर्घकालीन व्यवस्थापनको जिम्मेवारी रहेको उल्लेख गर्दै उहाँले स्थानीय समुदायको सक्रिय सहभागिताबिना संरक्षण सम्भव नहुने धारणा राख्नुभयो । धार्मिक आस्थासँगै जैविक विविधता संरक्षण र हरियाली प्रवर्द्धनका दृष्टिले महत्त्वपूर्ण मानिएको मणिमुकुन्देश्वर नक्षेत्र वाटिकालाई जोगाउन तत्काल पहल आवश्यक देखिएको छ । स्थानीयवासी तथा सरोकारवालाले बजेट सुनिश्चितता, जिम्मेवारी स्पष्टता र नियमित अनुगमनको व्यवस्था गरी वाटिकालाई पुनः जीवन्त बनाइदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
    सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा
    • माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
    • माडी जाने सडकको झाडी सफाइ गरिँदै
    • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु
    • सुनको मूल्य तोलामा चार हजार आठ सयले वृद्धि

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.